शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडी कोल्टी सडक खोल्न स्थानियको माग

मार्तडी कोल्टी सडक खोल्न स्थानियको माग

  • सोमवार, पुस २१, २०७६
मार्तडी कोल्टी सडक खोल्न स्थानियको माग

लगातारको हिमँपातले मार्तडी कोल्टी सडक एक साता देखी अबरुध छ । अबरुध सडक खुलाउनका लागि स्थानिय सरकार र प्रशासनलाई स्थानियले माग गरेका छन् । सडक अबरोध हुदाँ आवतजावत बन्द हुदा सडक खुलाउनका लागि प्रशासनलाइ माग गरेको नागरिक अगुवा गंगा गिरीले वताएका छन् ।

पोरखे लेखमा हिमपाँतले यातायातका साधन पुर्ण रुपमा बन्द भएका छन् । दैनिक उपभोग्य सामान पनि ढुवानी गर्न निकै समस्या छ, आवतजावत गर्न पनि समस्या भएको स्थानिय शिक्षक मन बहादुर रोकायाले वताएका छन् । जिल्ला प्रशासन कार्यलय बाजुरामा स्थानियले सडक खुलाउनका लागि पहल गरिदिन आग्रह गरेका छन् । निमित्त प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बडिमालिका नगरपालिका र बुढिन्नदा नगरपालिका सँग समन्वय गरेको वताए । दुबै पालिकाको मेयर सडक खुलाउनमा सकारात्मक भएको तर पोरखेमा ३ फिट भन्दा बढि हिउँ परेकाले अलि समस्या भएको भण्डारीले वताए ।

बिहिवार दिउँसो देखीको हिमँपातका कारणले बाजुराको मार्तडी कोल्टि सडक खण्ड पुर्ण रुपमा अबरोध भएको हो । सडक अबरोध हुँदा बाजुराका पुर्वोउत्तरका चार वटा स्थानिय तह, हुम्ला, मुगु जाने यात्रुहरु अलपत्र परेका छन् । यो बर्ष दोस्रो पटक ठुलो हिमँपात भएको छ । सडक अबरोध हुँदा त्यो क्षेत्रमा दैनिक उपभोग्य सामान ढुवानी समेत बन्द भएको छ । साथै निर्माण साम्रागि ढुवानी समेत गर्न नसक्दा विकास निर्माणमा समेत प्रभाबित भएको छ ।  सडक खण्डको पोरखे लेखमा करिब ४ किलोमिटरमा दुई तिन फिट हिउँ परिरहेकोले सडक अबरोध भएको स्थानिय आरसि रोकायाले वताए ।

सडक बन्द हुँदा हिउँमा हिडेर कष्टकर पैदल यात्रा गर्नुपरेको आड्रा नेपालमा कार्यरत अनमि सुस्मीता परिवारले वताएकि छन् । हिउँ धेरै छ, हिड्डुल गर्न त कति समस्या रहेको छ, अहिले यातायाता सञ्चालन हुन सक्ने अबस्थानै नरहेको उनले वताईन् । हिमाली भेगमा लगातार हिउँ परिरहेकाले उच्च भागको जनजिवन समेत निकै प्रभाबित भएको छ ।

चर्चामा

सम्बन्धित समाचार