शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बिरामी उपचारमा सञ्चार नहुदा झेलेको समस्या

बिरामी उपचारमा सञ्चार नहुदा झेलेको समस्या

  • आइतवार, पुस २०, २०७६
बिरामी उपचारमा सञ्चार नहुदा झेलेको समस्या

जिल्ला अस्पताल बाजुरा शुदुरपश्चिम प्रदेशको बिकट दुर्गम जिल्लामा रहेको एक अस्पताल हो । यो १५ शैयाको अस्पताल हो।यहाँ दैनिक उपचार गर्न आउने बिरामी सख्या एक सय बढि छ।
बाजुरामा उच्च हिमपातका कारण पुष १९ गते बाट पुर्ण रुपमा नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा अबरोध भयो । साझतिर मात्रै कहिकतै सेवा थियो । जिल्ला अस्पतालमा खटिएका सुरक्षाकर्मी सँग मात्रै प्रहरी सञ्चार थियो।अस्पतालको एक ठाँउ देखि अर्को र एक स्वास्थ्यकर्मी देखि अर्को बिच सम्पर्क बिच्छेद नै भयो।
यतिकैमा एक जनाओ नेगटिभ ब्लड गुरुपको सुत्केरी ब्यथालागेको महिलाआउनु भयो ।उहाको लागि रगतखोज्नु पर्ने भयो।कसरी फोन गर्ने? बजुरामाआकस्मिक रक्तसन्चार मात्रै छ । त्यसैले अरु लाई खबर गर्न कठिनाई थियो । प्रहरी सञ्चारको सहयोग बाट जिल्लाप्रहरी कार्यालयमा खबर गरे ।त्यहा कसैकोमा पनि त्यो रगत समूह मिलेन । त्यसपछि अन्त खबर गर्न हाम्रो सञ्चार ले काम गरेन केही छिन पछि अर्को २० बर्षका ेगर्भवती महिला पेट दुखेर अर्धचेत अबस्थामा आफन्तले अस्पताल पुयाए । भिडिओ एक्सरे गरेर हेर्दा बच्चा ट्युबमा बसेकाकारण नलि फुटेर पेट भित्र नै रक्तस्राबथियो ।
रगतजाँचगर्दाजम्मापाचग्रामप्रतिसतथियो ।हामिलाई पुन रगतचाहिनेभो यस्को लागिपनिहामीलाई सञ्चारको आबश्यकतापर्यो ।यति बेलाहामी सबै चिकित्सक स्वास्थ्यकर्मी अस्पतालमा नै जम्माभयौ किनकि एक ले अर्कोलाई सम्पर्क गर्ने अबस्था नै थिएन ।अनि एक आपस मामिल्ने रक्तसमूहखोज्यौ जस्मा दुइजनाचिकित्सकको रक्तसमूहमिल्यो र रगतदियौ। त्यस्पछी मैले एनसेल को शिमजुन धेरै समय देखि चलाएको थिएनत्यो शिमलाई प्रयोग गरे । तेस्को नेटवर्कलेकाम गरेपछी एक छिनमा नै मैले मेरो मा शेभ भएकाएन सेल का सम्पर्क नम्बर हेरे । त्यस्मापत्रकार महासघको बाजुराकाअधक्ष्यप्रकाशसिहंको पनि एउटा एन्सेल नम्बर रहेछ । मैले उहालाइ सम्पर्क गरे, कोल्टी को पोस्टमार्टम र बिरामिलाई रगतचाहिएको बारेमा कुरा गरे । उहाँ राती दस बजे तिर जिल्ला अस्पतालआउनु भयो।त्यस्पछी मैले आफ्ना सबै कर्मचारी लाई क कस्को एन्सेल शिम छ भनी सोधे,नम्बर शेभ गरे।तर एन सेल शिमचलौने तीनजनाजतिमात्रै भेटिए ।
ड्युटिमा रहेका स्टाफ बाहेक अरुलाई बोलाउनजादा घर घर माजानु पर्यो। मैले अस्पताल सम्पर्कको लागि एन्सेल शिम र मोबाइलकिनेर इन्डोरमादिने कोसिस गरे । तर अस्पताल नजिकैकापशलहरुमा एन्सेल शिमखपतभएर सकिएको रहेछ।अनि मैले आफ्नो एन्सेल शिम अस्पताल्को प्रयोग को लागि छोडे।अस्पताल आवास माअन्यदुइजनाचिकित्सक सँग एन्सेल सिमभएकोले अहिले केही परेमा अस्पताल र आवासमा रहेका स्वास्थ्यकर्मी बिच सम्पर्क भैरहेकोछ।
त्यसैगरी कोल्टी मापोस्टमार्ट्म गर्न हिडेका डाक्टरको टोलिकहाँपुग्यो भन्ने कुरामापनि सम्पर्क गर्न कठिनाई भैरहेको थियो। यशै बिचमालामो प्रयासगर्दा गर्दै एकपटक रेडियो बुढिन्नदाका पत्रकार अनिल शाहीसँग सम्पर्क भयो ।चिकित्सक्को टोलि करिब आठ बजे राती कोल्टी पुगिसकेको जानकारी पाए । मेरो आफ्नो भोगाई स्वास्थ्यकर्मिलाई उपचार गर्न ढिलाई भयो असहजभयो भनेर नराम्रो नजरले हेर्नू भन्दा सरोकार निकायले समयमा सञ्चार पानी र बिजुलीको ब्यस्थागरि दिन जरुरी छ।

(डा.रुपचन्द्र बिश्वकर्मा जिल्ला अस्पताल बाजुरामा कार्यरत हुनुहुन्छ)

चर्चामा

सम्बन्धित समाचार