बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • दिन दुखीको सहयोगमा तल्लीन बैकं म्यानेजर

दिन दुखीको सहयोगमा तल्लीन बैकं म्यानेजर

  • शुक्रबार, पुस १८, २०७६
दिन दुखीको सहयोगमा तल्लीन बैकं म्यानेजर

लक्ष्मीराज पाध्याय– बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका ५ जेरामा जन्मेका जितजङ्ग सिहं आफ्नो मात्र काम नहेरी सामाजिक सेवा लाग्ने बाजुराका एक उदाउदो युवा हुन् । सरकारी कार्यालयहरु मध्य सरकारी काम गर्न आएका सेवाग्राहीहरुको आँखामा झल्कीरहने सिहं हाल राष्ट्रिय बाणिज्य बैक अत्तरीया शाखामा शाखा प्रबन्धकको रुपमा छन् । उहाले १० बर्ष देखी बाजुरा हुदै काठमाण्डौ फेरी बाजुरा हुदै केही महीना अगाडी मात्र राष्ट्रिय बाणिज्य बैक अत्तरीय शाखामा सरुवा भएर गएका छन् । धेरै ब्यक्तीहरुको सामु मुस्कान सहितको सेवा दिने मात्र नभइ जिल्लामा चल्ने सामाजिक अभियानमा पनी उँहाको महत्वपुर्णं भुमिका रही आएको छ ।
बडिमालिका मिडीया हाउसद्धारा संचालित बिभिन्न सामाजिक अभियानमा उहाँको पनि सहभागिता रहदै आएको छ । बडिमालिका नगरपालिका ५ का ५ जना बेसाहारा बालबालिकाहरुलाई आर्थिक सहयोग समेत गरेका थिए । हाल ति बालबालिका एस ओ एस बालग्राममा राम्रो शिक्षा आर्जन गरिरहेका छन । त्यसै गरी साप्पाटाका २ बालबालिका कोल्टीका २ जना बालबालिकाको उपचारका लागी समेत उहाले सहयोग गरेर उनिहरुको नयाँ जिवन सुरुवात गर्ने मुख्य कार्यमा संग्लग्न भएका सिहंको गुणगान कसले नगाउला र ? बुढिन्नदा कोल्टिका गोबिन्द्र र रामलालको उपचारका लागि पनि उनले सहयोग गरेका थिए ।
माथी उल्लेखीत केही प्रतिनिधी घटना मात्र हुन ति भन्दा धेरै यस्ता अभियानमा सहयोग गदै आएका थिए । देशका जुनसुकै ठाउँबाट अभियानमा साथ सहयोग गर्ने एक ब्यक्ती जितजङ्ग सिहं हुनु । सामाजिक काममा कृयाशिल ब्यक्तित्व, सामाजिक अभियान्ता सिहं समाजिक क्षेत्रमा विभिन्न कामहरु गर्दै आएका छन् ।
बाजुरा जिल्लाको दुर्गम गाउँमा सामन्य परिवारमा जन्मेका सिहं तमाम चुनौतिका बाबजूद बित्तीय क्षेत्रमा अधिकृत तहमा नाम निकाल्ने पहिलो ब्यक्ती नभए पनी फन्टलाइनमा देखीने र समाजीक सेवामा तत्परता देखाउने अभियान्ताको रुपमा छन् । हुन त बाजुरामा करडौ कमाउने धनी मान्छे पनी धेरै होलान तर उहाँ धनको धनी नभएर मनको धनीको रुपमा चिनिदै आएका छन् ।
यति मात्र होइन जिल्लामा पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सिहको अभियानमा जहील्यै असहाय अनाथ असक्त बालबालिकाहरुलाई सहयोग गर्न पछि नपर्नेे ब्यक्ती भएको सामाजिक अभियान्ता प्रकाश सिहं बताउछन् । यहाँ जिल्लामा हुने साँस्कृतिक जगेर्ना तथा संरक्षणका लागि पनी उहाँले हातेमालो गर्दै बाजुराको सम्रग बिकाशमा टेवा पुग्ने अभियाबाट कहिल्यै पछि हटेका छैनन् ।
उहाको १० बर्षे जागिर अबधी भित्र धेरै समय बाजुरामै बसेर बाजुरेली जनताको सेवामा तल्लीन भएका बैक म्यानेजर दुर्ह महिना देखी उनि अत्तरीयामा रहेको बाणिज्य बैकं शाखामा कार्यरत छन् । बडिमालिका मिडिया हाउस उहाँलाइ जहिल्यै सम्झीरहनुको मुख्य कारण हाम्रा मुल अभियानमा उहाँको सहयोग रही आएको र बाजुराबासीका पिडाहरुमा एक इटा थप्न सहयोग गर्ने ब्यक्तीको रुपमा रहेका छन् । सिहं जिल्लामा भए पनी नभए पनी जिल्लामा हुने बिभिन्न अभियानमा उहाको साथ सहयोग गर्दै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार