शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • समाज
  • चिकित्सक नहुदा दुई दिन सम्म पनि लाश पोष्टमार्ट भएनन्

चिकित्सक नहुदा दुई दिन सम्म पनि लाश पोष्टमार्ट भएनन्

  • शुक्रबार, पुस १८, २०७६
चिकित्सक नहुदा दुई दिन सम्म पनि लाश पोष्टमार्ट भएनन्

हिमाली गाँउपालिका ७ बाधुको कालापडा भिर बाट सडक दुर्घटना बाट मृतकका लाश दुई दिन सम्म पनि पोष्टमार्टम हुन सकेको छैन् । बिहिवार कालापडा भिर बाट कर्णाली नदिमा जिव खस्दा ४ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा पोष्टमार्टम हुन नसकेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरि प्रमुख डिएसपी उद्धब सिं भाटले वताएका छन् । जिल्ला अस्पताल बाजुरामा पाँच जना चिकित्सक छन्, तर उनिहरुलाई पठाउन प्रशासन तथा अन्य निकाय कतै बाट पहल नभएपछि चिकित्सक नगएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपन्द्र बिश्वकर्माले वताएका छन् । कसैले केही भनेन, एकजना चिकित्सक गएर मात्र हुदैन्, दुई जना अन्य सहयोगी पनि जानु पर्ने हुन्छ खर्चको ब्यबस्थापन कस्ले गर्ने डा. बिश्वकर्माले वताए । अर्को प्रहरी प्रशासनले केही जानकारी नगरेको वताए ।
दुई दिन सम्म पनि लाश पोष्टमार्टम नहुँदा चार वटै लाश कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा अलपत्र रहेका छन् । आफन्तले दासस्कार समेत गर्न पाएका छैनन् । जिल्ला अस्पतालमा चिकित्सक चाहिएको भने शुक्रवार साँझ मात्र खबर आएको शनिवार एकजना चिकित्सक पठाँउने डा. रुपचन्द्र बिश्वकर्माले वताए । साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले चिकित्सक पठाउने पहल भइरहेको शनिवार पठाइसक्ने वताए । सदरमुकाम मार्तडी बाट कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र पुग्न एक दिन लाग्ने गरेको छ । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिना देखी चिकित्सक बिहिन बनेको छ ।
जिप बिहिवार कर्णाली करिडोर अन्तर्गत कालापडा भिर बाट कर्णाली नदिमा खसेर जिप दुर्घटना भएको हो । मृत्यु हुनेमा जगन्नाथ गाँउपालिका ५ गोत्रि बस्ने गाडि साहु तथा चालक २७ बर्षका रमेश शाहि, हिमाली गाँउपालिका ६ धुलाचौर बस्ने ३५ बर्षका पवन भण्डारी, कैलाली महोन्याल गाँउपालिका ५ बस्ने ३३ बर्षका दिनेश कुमार घर्ती मगर र मुगुको कर्मारोड गाँउपालिका ८ बस्ने ३८ बर्षका प्रेमा लामा रहेको प्रहरी प्रमुख उद्धब सिं भाटले वताएका छन् । स्वामीकार्तिक गाँउपालिका ४ वाइ बस्ने १३ बर्षकि शुशिला बिक भने बेपत्ता रहेकि छन् । उनको शब खोजिरहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकेप्टर मार्फत कोहलपुर लगिएको प्रहरीले जनाएको छ । से १ ज १०६४ नम्बरको जिव दुर्घटना भएर कर्णाली नदिमा खसेको थियो । जिप हिमाली गाँउपालिकाको धुलाचौर बाट कोल्टि तर्फ आउदै गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार