बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • कर्णालीमा जिप खस्यो, ४ जनाको शब भेटीयो

कर्णालीमा जिप खस्यो, ४ जनाको शब भेटीयो

  • बिहिबार, पुस १७, २०७६
कर्णालीमा जिप खस्यो, ४ जनाको शब भेटीयो

हिमाली गाँउपालिका ७ बाधुको कालाँपडा भिर बाट कर्णाली नदिमा खसेको जिवमा ४ जनाको शब भेटिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख उद्धब सिं भाटले वताएका छन् । से १ ज १०६४ नम्बरको जिव दुर्घटना भएर कर्णाली नदिमा खसेको थियो । ४ जना मध्ये गाडि चालक तथा साहु जगन्नाथ गाँउपालिका गोत्रि घर भएका रमेश शाहिको पहिचान भएको प्रहरीले जनाएको छ । एक जना अहिले पनि बेपत्ता रहेका छन् भने चार जना भने घाइते अबस्थामा फेला परेको उनले वताए ।
जिप हिमाली गाँउपालिकाको धुलाचौर बाट कोल्टि तर्फ आउदै गरेको बुझिएको छ । प्रहरीका अनुसार ९ जना जति यात्रु रहेको खुल्न आएको बताएको छ । घाइतेलाई उद्धार गरि उपचारका लागि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउदै गरेको प्रहरीले जनाएको छ ।
सडक बाट ५ सय मिटर भन्दा ठुलो भिर बाट नदिमा खसेको जानकारी आएको छ । जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी प्रमुख उद्धब सिं भाटले भने खबर पाँउने बितिकै प्रहरी पठाएको बताएका छन् । घटना भएको आधा घण्टाको दुरीमा पिलिचौर इलाका प्रहरी कार्यलय रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार