शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • धनगढीका विद्यालयमा चार दिन बिदा दिने

धनगढीका विद्यालयमा चार दिन बिदा दिने

  • सोमवार, पुस १४, २०७६
धनगढीका विद्यालयमा चार दिन बिदा दिने

चिसाेले जनजिवन प्रभाबित पारेपछि धनगढी उप–महानगर क्षेत्रका विद्यालयमा चार दिन बिदा दिने निर्णय गरिएको छ। धनगढी उप–महानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पुस १५ गतेदेखि १८ गते सम्म बिदा दिने निर्णय भएको हो।

उप–महानगरपालिकाका उपसचिव विष्णुप्रशाद कोईरालाका अनुसार आज बसेको शिक्षा सरोकारवालाको बैठकले चार दिन विद्यालयमा बिदा दिने निर्णय भएको हो। उनले विभिन्न विद्यालयमा सञ्चालन भईरहेका परिक्षामा बाधा नपुग्ने गरि विदा गर्न उप महानगरका सम्पूर्ण सस्थागत र सामुदायिक विद्यालयलाई आग्रह गरे।

चर्चामा

सम्बन्धित समाचार