शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • कांग्रेसबाट विजयी मेयर युवती सहित डान्स बारबाट पक्राउ

कांग्रेसबाट विजयी मेयर युवती सहित डान्स बारबाट पक्राउ

  • सोमवार, पुस १४, २०७६
कांग्रेसबाट विजयी मेयर युवती सहित डान्स बारबाट पक्राउ

दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर मध्यरातमा कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा पक्राउ परेका छन्। कांग्रेसबाट विजयी मेयर युवती सहित डान्स बारबाट पक्राउ परेका हुन्। महेन्द्रनगर बजारमा रहेको ब्लू डान्सबारबाट दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीलाई पक्राउ गरिएको हो।

प्रहरी नायब उपरिक्षक चन्दले मदिरा सेवन गरेर होहल्ला एवं शान्ति सुरक्षामा खलल पु¥याउने गतिबिधीमा संलग्न भएका मेयर धामी सहितको समुहलाई सम्झाईबुझाई छोडिएको बताए। ‘उहाँलाई हामीले पक्राउ गरेको होईन्’,  प्रवक्ता चन्दले भने, ‘मदिरा सेवन गरेर विवाद गरेपछि सम्झाई बुझाई गरेका हौँ।’

मध्यरातमा डान्सबारमा युवती सहित मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा धामीलाई पक्राउ गरेर सम्झाई बुझाई छोडिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले डान्सबारमा विवाद भएको खबर पछि प्रहरी टोली त्यहाँ पुगेको बताए।

चर्चामा

सम्बन्धित समाचार