प्रकाश सिंह
बडिमालिका नगरपालिका ७ बस्ने ४४ बर्षिय बादुरे दमाई उपचार पछि सञ्चो भएर घर पुगेका छन् । उनको दाँया खुट्टाको अप्रेशन गरिएको थियो, भने बाँया खुट्टामा कृत्रि खुट्टा हालिएको थियो । सञ्चो भएपछि बादुरे खुशी हुदै घर पुगेका छन् ।
बादुरेको नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानले काठमाडौले उपचारमा सहयोग गरेको संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् । बस्नेतका अनुसार सुस्मा कोइराला मेमरी अस्पतामा बादुरेको उपचार भएको थियो । ५५ दिन अस्पतालमा राखेर उपचार गरयौ, बाकि समय संस्थामा राखेर उपचार गरेको बस्नेतले वताए । उहाँलाई ५ महिना उपचार गरयौ अहिले सञ्चो भएपछि घर पठाएको उनले वताए ।
पैशा धेरै लाग्ने थियो, अस्पतालले पनि ठुलो सहयोग गरेको बताए । सुस्मा कोइराला मेमरील अस्पतालका चिकित्सक डा. जसवान शाक्यले बादुरे दमाई उपचार ठुलो सहयोग गरेको नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानले वताएको छ । अप्रेशन चार्ज बेड चार्ज सबैमा ज्यादै न्युन शुल्क लगाएको अस्पतालले वताएको छ । दाँया खुट्टाको उपचार सँगै बाँया खुट्टामा कृत्रि खुट्टा पनि हालिदिएको छ । कृत्रिम खुट्टा हाल्नमा Windhorse-Rising सस्था मार्फत जर्मन नागरिक Andrea Drewer नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् ।
आर्थिक अभाबमा भदौ महिना जिल्ला अस्पताल बाजुराको शैयामा छट्पटाइरहेको समचार प्रकाशित पछि उनलाई उद्धार गरेर उपचारका लागि काठमाडौ पठाइएको थियो । उनको उपचारका लागि पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सिंह र बडिमालिका खबरले अभियान चलाएको थियो । बादुरे आर्थिक अभाबमा उनि जिल्ला अस्पताल बाजुरामा ३ महिना देखी तड्पिरहेका थिए । समचार प्रकाशित भएपछि नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानले काठमाडौ उपचार गर्ने गरि बाजुरा बाट बादुरेलाई मगाएर उपचार गरेको संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् ।
बादुरेलाई उद्धार र उपचारमा आर्थिक सहयोग समेत संकलन भएको थियो । काठमाडौ बाट फिल्म निर्माता तथा कलाकार अमृत ढुङगाना, जिल्ला अस्पताल बाजुरका प्रमुख डा. रुपचन्द्र बिश्बकर्मा, राष्ट्रिय बाणिज्य बैक बाजुराका प्रबन्धक जितजङ्ग सिंह, बडिमालिका नगरपालिका नगर प्रमुख पदम बढुवाल, वडा अध्यक्ष धर्मराज पाध्यायले सहयोग गर्नु भएको छ ।
त्यस्तै नेपाली सेनाका मेजर रबिन श्रेष्ठ, त्रिवेणी सहकारी संस्था, ज्ञानु घर्ती मगर, पत्रकार लक्ष्मिराज पाध्याय, जिल्ला अस्पताल बाजुरा कार्यर नर्सहरुले पनि सहयोग गरेका थिए । बादुरे दमाई अलपत्र रहेको समचार प्रकाशित गरेपछि आफुले सहयोग गरेको राष्ट्रिय बाणिज्य बैक बाजुराका प्रबन्धक जितजङ्ग सिंहले बताएका छन् । काठमाडौमा रहेको Excel business college मा स्नातक र स्नाकोत्तर अध्यनरत बिद्यार्थीले खाजा खाने पैशा बचाएर उठेको ८ हजार २ सय सहयोग गरेका छन् । स्नाकोत्तर तहमा अध्यनरत शुसिला थापा र कलशा शाहिले आर्थिक संकलन अभियान शुरु गरेकी थिईन् ।
दाँया खुट्टाको पैतलामा रहेको घाँउ सञ्चो हुन सकेको थिएन् । जिल्ला अस्पताल बाजुरामा कार्यरत डा. दुर्गाराज मर्हजनका अनुसार उनको घाउमा मासु काटेर राख्नु पर्ने, तिन महिना सम्म उपचार गरयौ, तर उनको घाउ थिक नभएको बताएका थिए । बादुरेलाई जिल्ला अस्पताल बाजुराले पटक पटक अन्यत्र उपचारका लागि लग्नु भनेपनि आर्थिक अभाबले लिन नसकेको उनकि श्रीमति कलु दमाईले वताईन् । उनको बायाँ खुट्टा ५ बर्ष पहिला चोटका कारणले काटेका छन् । अपांग जिवन बिताइरहेका बादुरे दायाँ खुट्टामा पनि संक्रमण भएपछि उनी झन समस्या परेका थिए । अहिले पुर्ण रुपमा सञ्चो भएपछि खुशी हुदै कलु दमाईले भनिन्, गरिबका लागि पनि भगवान फेला पर्दा रहेछन्, सहयोग नभएको भए श्रीमान अहिले घरमै अलपत्र हुने वताएका थिए ।