शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • इन्जिनीयर सहित पाँच जना विरुद्ध भ्रष्टाचारको मुद्दा

इन्जिनीयर सहित पाँच जना विरुद्ध भ्रष्टाचारको मुद्दा

  • बुधबार, पुस ९, २०७६
इन्जिनीयर सहित पाँच जना विरुद्ध भ्रष्टाचारको मुद्दा

झुठो प्रतिवेदन बनाएर कृषि सडकको बजेट भुक्तानी गर्ने इन्जिनीयर सहित पाँचजना विरुद्ध मुद्दा दायर भएको छ। जिल्लाको परशुराम नगरपालिकाका इन्जिनीयर नरेन्द्र भाट सहितका पाँचजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा झण्डै दुई लाख बिगो माग दावी सहित आरोप पत्र दायर गरेको हो।

अख्तियारले परशुराम नगरपालिकाको बेल्डाङी कृषि सडकमा झुठो विवरण पेश गरी उपभोक्ता समितिलाई भुक्तानी दिएको भन्दै इन्जिनीयर भाट, असिस्टेन्ट सब–इन्जिनियर नरबहादुर बोहोरा, बेल्डाङी कृषि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मीनबहादुर बोहरा, कोषाध्यक्ष मथुरी देवी बोहरा र सचिव तेजबहादुर बोहरा विरुद्ध एक लाख ७३ एक सय ९० रुपैँया माग दावी सहित आज आरोप पत्र दायर गरिएको जनाएको छ।

उनीहरु पाँचै जनालाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम एक लाख ७३ हजार एक सय ९० रुपैँया बिगो माग गर्दै कारवाहीको माग गरिएको छ। अख्तियारले बेल्डाङी कृषि सडकमा अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा अनुसन्धान गरेको थियो। सब इन्जिनीयर बोहोराले व्यक्तिलाई लाभ पुग्ने गरी सडक निर्माणको इस्टिमेट, मुल्याङ्कन सिट र कार्य सम्पन्न भएको भनी पेश गरेको झुठो प्रतिवेदनका आधारमा इन्जिनीयर भाटले सिफारिस गरी भुक्तानी दिएको ठहर गरेको छ।

चर्चामा

सम्बन्धित समाचार