मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • सकियो सुदूरपश्चिम महोत्सव,१२ करोडको कारोबार सकियो सुदूरपश्चिम महोत्सव,१२ करोडको कारोबार

सकियो सुदूरपश्चिम महोत्सव,१२ करोडको कारोबार सकियो सुदूरपश्चिम महोत्सव,१२ करोडको कारोबार

  • मङ्लबार, पुस ८, २०७६
सकियो सुदूरपश्चिम महोत्सव,१२ करोडको कारोबार सकियो सुदूरपश्चिम महोत्सव,१२ करोडको कारोबार

धनगढी, ७ पौष – धनगढीमा जारी सुदूरपश्चिम महोत्सव आइतबारबाट सकिएको छ । महोत्सव अवधिभर ५ लाख दर्शकहरूले अवलोकन गरेको आयोजकको दाबी छ । महोत्सव भित्र राखिएका ३ सय स्टलहरूमा १२ करोडको कारोबार भएको कैलाली उद्योग वाणिज्य सङ्घका सचिव शिद्धराज पनेरुले बताए । टिकटबाटमात्रै ८० लाख रकम सङ्कलन भएको बताउँदै उनले नाफाको १० प्रतिशत रेडक्रसलाई प्रदान गरिने जानकारी दिए ।

गत मङ्सिर २२ गतेबाट सुरु भएको महोत्सवको आज धनगढी उप–महानगरपालिका मेयर नृप वडले एक कार्यक्रमका बिच महोत्सवको समापन गर्नुभएको छ । महोत्सवले स्थानीय कला,सस्कृतीको सम्वद्धन र पर्यटन प्रवर्धनमा टेवा पु¥याएको आयोजकको जनाएको छ । दर्शकहरूले पनि महोत्सव मार्फत प्रदेशमा आर्थिक गतिविधिमा टेवा सँगै एक आपसमा रमाइलो भएको प्रतिक्रिया दिएका छन् । महोत्सव १५ दिन चलेको थियो ।

एक दिन वर्षाले महोत्सव प्रभावित पारेपछि र दर्शकहरूको अत्यधिक चापका कारण महोत्सव अवधि ४ दिन बढी थपिएको थियो । दर्शकहरूले पनि महोत्सवको माध्यमबाट स्थानीय कला संस्कृतिको प्रवर्द्धन भएको प्रतिक्रिया दिएका छन् । धनगढीकी सुनिता ओलीले महोत्सवमा स्थानीय कला र उत्पादनले स्थान पाएको बताइन् ।


महोत्सव अवलोकनका लागी टाढा टाढा बाट पनि दर्शकहरू धनगढी पुगेका थिए । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकार बाट मनोरञ्जन सँगै प्रर्दशनिमा राखिएका चिज बस्तुहरू सस्तोमा छानी छानी किन्न पाउँदा दर्शकहरू औसिएका थिए । घोडाघोडीबाट महोत्सव अवलोकनका लागी आएकी सावित्रा देवकोटाले महोत्सवमा निकै रमाइलो भएको बताइन् ।

समग्रमा महोत्सव सफल भएको भए पनि व्यवस्थापकीय पाटो केही फितलो रहेको दर्शकहरूको प्रतिक्रिया छ । आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले पनि यो कुरा स्वीकार गरेको छ । धनगढीमा राम्रो प्रर्दशनि स्थल नभएका कारण समस्या देखिएको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

यद्यपि महोत्सव सोचे भन्दा सफल भएको उनको भनाई छ । महोत्सवको समापन गर्दै धनगढी उपमहानगरपालीमा मेयर नृप वडले सुदूरपश्चिम महोत्सवले प्रदेशको आर्थिक विकास,पर्यटन प्रवर्द्धनलाई टेवा सँगै एकता बलियो बनाएको बताए । उनले धनगढीमा बृहत् प्रर्दश िस्थल निर्माणका लागी पहल गर्ने आश्वासन दिए ।

महोत्सवमा ३ सय बढी स्टल,कृर्षी प्रदर्शनी र विभिन्न रमाइलो मेलाको व्यवस्था थियो । महोत्सवमा स्थानीय कला, संस्कृति तथा खानाका परिकारहरूका साथै स्थानीय उत्पादनलाई प्राथमिकतामा थिए ।
‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ सालदेखि हरेक वर्ष महोत्सव आयोजना गर्दै आइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार