शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • राष्ट्रिय जनगणना २०७८ का लागि अन्तरक्रिया तथा छलफल

राष्ट्रिय जनगणना २०७८ का लागि अन्तरक्रिया तथा छलफल

  • शुक्रबार, पुस ४, २०७६
राष्ट्रिय जनगणना २०७८ का लागि  अन्तरक्रिया तथा छलफल

राष्ट्रिय जनगणना २०७८ को तयारी लागि जिल्ला स्तरिय अन्तरक्रिया तथा छलफल कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । आगामी २०७८ जेठ २५ देखि असार १५ गतेसम्म गरिने जनगणनालाई सफल र प्रभावकारी बनाउन जिल्ला स्थित सरोकारबालाहरुवीच अन्तक्रिया तथा छलफल गरी कार्यक्रमबारे जानकारी गराईएको हो । नेपालमा हाल सम्म ११ ओटा जनगणनाहरु सम्पन्न भैसकेको र देश संघियतामा गईसकेपछिको पहिलो गणना हुन लागेको हो ।

जनगणनाले सुखि नेपाली सम्वृद्ध नेपालको नारा पूरा गर्ने लक्ष्य लिएको बताईएको छ । केन्द्रीय तथ्यांक विभाग, तथ्यांक कार्यालय डोटीको आयोजनामा भएको कार्यक्रम प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठको अध्यक्षतामा भएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक नरबहादुर कुवर रहनुभएको थियो ।

प्रमुख अतिथि कुवरले गणकहरुले घर घरमा गएर तथ्यांक संकलन गर्नुपर्नेमा जोड दिनुभयो । उहाले सही तथ्यांकले नै वास्तविक अवस्थाको पहिचान हुने हँुदा यस तर्फ सबै सरोकारबाला सचेत हुनु पर्ने बताउनु भयो । त्यसैगरि कार्यक्रममा मंगलसेन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बोहराले बाटो, पसल, चोक चौतारामा बसेर तथ्यांक संकलन नगर्न आग्रह गर्दै सहि तथ्यांक संकलन गर्न आग्रह गर्नुभयो ।

नगरप्रमुख बोहराले गणक छनोट गर्दा स्थानिय तहलाई नै जिम्मा दिनु पर्ने समेत बताउनुभयो । यस्तै कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै तथ्यांक कार्यालय डोटीका अधिकृत गौरी जोशीले हरेक १० बर्षमा लिईने जनगणनाले देशको समग्र अवस्थाबारे जानकारी गराउने बताउनु भयो । उहाँले जनगणना कार्य देशकै प्रमुख कार्यभार भएकाले यसलाई सफल बनाउन सबैको भूमिका रहने बताउनु भयो ।

तथ्यांक अधिकृत जोशीले जनगणनाको महत्व, आवश्यक्ता र यसले देश विकासलाई पार्ने प्रभावबारे प्रकाश पार्नु भएको थियो । जनगणनामा विभिन्न विधिको प्रयोग गरिने र थप सुदृढीकरण गर्दै आवश्यक सबै सूचना लिईने बताईएको छ ।

यो बर्ष निश्चित मापदण्ड बनाई बेरोजगार युवाहरुलाई गणक छनौट गरिने योजना रहेको उहाँले बताउनु भयो । कार्यक्रममा नेकपा कार्यालय सचिव नमराज न्यौपाने, नेपाली कांग्रेसका सचिव नमबहादुर शाही, राप्रपा जिल्ला अध्यक्ष विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, सरकारी, गैरसरकारी, कार्यालयका प्रमुख प्रतिनिधि, सरोकारवाला लगायतको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार