बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • संस्थाद्धारा बालमन्दीर विद्यालयलाई एक कम्प्युटर र १ प्रिन्टर हस्तान्तरण 

संस्थाद्धारा बालमन्दीर विद्यालयलाई एक कम्प्युटर र १ प्रिन्टर हस्तान्तरण 

  • शुक्रबार, पुस ४, २०७६
संस्थाद्धारा बालमन्दीर विद्यालयलाई एक कम्प्युटर र १ प्रिन्टर हस्तान्तरण 

 राजेन्द्र बहादुर राेकाया पाैस ३ बाजुरा —जिल्लाको बडीमालिका नगरपालिका–८ मा रहेको बालमन्दिर आधारभुत विद्यालयलाई शैक्षिक गुणस्तर सुधार गर्नका लागि कम्प्युटर हस्तान्तरण गरिएको छ । मानवीय सेवामा अनेकौं प्रयास कैलालीले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी विद्यालयलाई एक सेट कम्प्युटर र एक सेट प्रिन्टर सहयोग गरेको संस्थाका अध्यक्ष तथा सामाजिक अभियन्ता भक्तराज जोशीले बताउनु भएको छ । विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई प्रविधीसंग जोड्दै शिक्षामा गुणस्तर तथा कम्प्युटरमा दक्ष बनाउने गरी नगरपालिकाको आग्रहमा उक्त सामग्री हस्तान्तरण गरेको जोशीले बताउनुभयो । उहाँले डोटी जिल्लाका दुई विद्यालयमा दिएका कम्प्युटर एक वर्ष सम्म प्रयोग नभएको पाइएकाले कम्प्युटर प्रयोगमा ल्याउन आग्रह गर्नु भयो । मानवीय सेवामा अनेकौ प्रयासले सहयोग मात्र भन्दा सामाजिक रुपमा व्याप्त रहेको छाउपडी प्रथा अन्त्य र अन्य सामाजिक कार्यमा सहयोग गर्दै जानेमा उहाँले शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा प्रतिवद्धता जनाउनु भयो । मानवीय सेवामा अनेकौ प्रयासका परियोजना संयोजक जन्मोजय भट्टराईले संस्थाले १६ जिल्लामा राहत पिडित,शैक्षिक सामग्री,सरसफाईका सामग्री समेत सहयोग गर्दै आएको पनि बताउनुभयो । हरेक विद्यालयको हरेक विद्यार्थीले शैक्षिक रुपमा सुधार भएमा नगर समृद्ध र शिक्षित बन्दै जानेमा बडिमालिका नगरपालीका वडा नम्बर ८ का वडा सदस्य नरबहादुर ऐडीले विश्वास व्यक्त गर्नुभयो । विद्यालयमा समेत छाउपडी प्रथाको बारेमा सचेतनाका मुलक सन्देश फैलाउदै गाउँघरमा सर्वसाधारणलाई यस बारेमा सचेत बनाउन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । छाउपडी कुप्रथा अन्त्य गर्नका लागि सकारात्मक सोचको खाँचो रहेको पनि औल्याउनु भएको छ । साथै उहाँले नगरपालिका क्षेत्रका विद्यालयलाई प्रविधिमा जोड्नका लागि कम्प्युटर सहयोग गरेकोमा मानवीय सेवामा अनेकौ प्रयास कैलालीलाई धन्यवाद दिनु भएको छ । बिद्यालय ब्यबस्थापन समितीका सदस्य तथा बडिमालिका नगरपालिका ८ का वडा सदस्य नगरबहादुर ऐडीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी मानवीय सेवामा अनेकौ प्रयास कैलालीका अध्यक्ष तथा सामाजिक अभियन्ता भक्तराज जोशी रहनुभएको थियो । मानवीय सेवामा अनेकौ प्रयास कैलालीका कार्यक्रम संयोजक जन्मजय भट्राई, बडिमालिका युवा सुचना केन्द्रका अध्यक्ष प्रशान्तराज जोशी बडिमालिका युवा सुचना केन्द्रका ब्यबस्थापक जयबहादुर रावत लगायत बिषिष्ट अतिथी रहनुभएको थियो । बिद्यालयका प्रअ शुशिला बुढ्थापाले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन शिक्षक बलवान ऐडीले गर्नुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार