शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका बिशेष
  • ३ महिने सिलाई कटाई तालिम संचालन

३ महिने सिलाई कटाई तालिम संचालन

  • शुक्रबार, पुस ४, २०७६
३ महिने सिलाई कटाई तालिम संचालन

 राजेन्द्र बहादुर राेकाया

पाैष ४, बाजुरा–  वडिमालिका नगरपािलकामा ३ महिने सिलाई कटाई तालिम संचालन भएको छ । मानविय सेवामा अनेकौँ प्रयासको सहयोग तथा वडिमालिका नगरपािलकाको समन्वयमा नगरपालिका भरीका २० महिलाको सहभागिता रहने गरी तिन महिने सिलाई कटाई ताििलम संचालन गरिएको हो । तलिम संचालन गरी व्यवसायीक श्रोजगारी सृजना गर्ने उद्देश्यका साथ तालिम संचालन गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताउनुभयो । कार्यक्रममा बोल्दै नगरप्रमुख पदम वडुवाल, उपप्रमुख कविता विष्ट, वडा अध्यक्ष राम बहादुर कार्की, प्रकाश रावल र विनोद कुमार विकले बेरोजगार महिलालाई तालिम प्रदान गरी रोजगारी सृजना गर्ने उद्देश्यले तालिम संचालन गरेकाले तालिम अवधिभरी सिपसिकेर सबैलाई व्यवसायीक बन्न आग्रह गर्नुभयो छ । त्यसैगरी मानविय सेवामा अनेकौँ प्रयासका परियोजना संयोजक जन्मोजय भट्टराईले पनि सिप सिकेर महिलालाइृ व्यवसायीक बन्न आग्ह गर्नुभएको थियो । नगरउपप्रमुख कविता विष्टको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख पदम बडुवाल रहनुभएको थियो । त्यसैगरी बिशिष्ट अतिथिमा मानबिय सेवा अनेकौं प्रयासका अध्यक्ष भक्तराज जोशी, परियोजना संयोजक जन्मोजय भट्टराई वडा अध्यक्ष राम बहादुर कार्की, प्रकाश रावल र विनोद कुमार विक युवा सुचना केन्द्र का ब्यबस्थापक जयबहादुर रावत लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन युवा सुचना केन्द्र का अध्यक्ष प्रशान्तराज जोशीले गर्नुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार