शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक

राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक

  • बुधबार, पुस २, २०७६
राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक

निर्वाचन आयोगले राष्ट्रिय सभाको चुनावका लागि कार्यतालिका सार्वजनिक गरेको छ। माघ ९ गते हुने चुनावका लागि आयोगले कार्यतालिका सार्वजनिक गरेको हो। कार्यतालिकाअनुसार आउँदो पुस १७ गते बिहान १० देखि ११ बजेसम्ममा मतदाता नामावली प्रकाशित हुनेछ। १७ गते नै बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म प्रकाशित नामावलीमाथि दाबी विरोधको उजुरी दिने समय तोकिएको छ।

आयोगले दाबी विरोधको छानबिन गरी पुस १८ गते मतदाताको अन्तिम नामावली प्रकाशित गर्नेछ। यस्तै आयोगले पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय तोकेको छ। २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न सकिनेछ। उम्मेदवारको विरोधमा भने २१ गते उजुरी दिन सकिनेछ । २१ गते बिहान १० देखि दिउँसो ४ बजेसम्ममा उजुरी दिनुपर्नेछ। त्यसपछि आयोगले २२ गते बिहान १०  देखि दिउँसो ४ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि छानबिन गर्दै अन्तिम निर्णय गरी २३ गते बिहान १० देखि १ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्नेछ।

यस्तै उम्मेदवारले नाम फिर्ता लिनका लागि आयोगले २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय दिएको छ। उमेदवारको अन्तिम नामावली भने २५ गते बिहान १० देखि १ बजेसम्म प्रकाशित हुनेछ। निर्वाचन आयोगले मतदाता र उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसकेपछि २५ गते नै दिउँसो १ देखि ४ बजेसम्ममा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्नेछ।आयोगले चुनाव चिह्न प्रदान गरेको २ हप्तापछि माग ९ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफ्नो मताधिकार प्रयोग गर्न सबैसँग आग्रह गरेको छ। यस्तै आयोगले सबै मतपेटिका संकलन गरी ९ गते नै मतगणना सुरु गर्ने पनि जनाएको छ।

राष्ट्रिय सभाका नेकपाका ८,  कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एक गरी १९ सांसदको दुई वर्षे कार्यकाल आउँदो फागुन २१ मा सकिँदैछ। संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भैसक्नुपर्ने व्यवस्था भएअनुसार चुनावी कार्यतालिका सार्वजनिक भएको हो।

चर्चामा

सम्बन्धित समाचार