नेपाललाई विखण्डित गर्ने नियतका साथ मैदानमा देखापरेका सीके साउतलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्य चयन गर्ने सोच बनाएको छ ।
कुल ५९ मध्ये दुई वर्षे कार्यकाल भएका १९ सदस्यको अवधि आगामी फागुन ३ गते पूरा हुँदै छ । रिक्त १९ स्थानका निम्ति आगामी माघमा निर्वाचन गराउने कार्यक्रम निर्वाचन आयोगले तय गरिसकेको छ ।
१९ मध्ये २ नम्बर प्रदेशबाट राष्ट्रियसभामा पुर्याउने ४ जनाका लागि नेकपाले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी या राजपासँग गठबन्धन बनाएमा कम्तीमा दुई जना सदस्य नेकपाले तोकेको व्यक्ति हुनेछन् ।
राजपा र समाजवादीबीच गठबन्धनको सम्भावना नरहेकाले पनि नेकपाको दुई मधेसकेन्द्रित समूहमध्ये एउटासँग चुनावी तालमेल हुने स्थिती बनेको छ ।
२ नम्बर प्रदेशमा नेकपासँग मतको भार ३०१०, राजपासँग २२०० र समाजवादीसँग २४०० रहेको छ । यी तीनमध्ये दुई एकातिर हुनेवित्तीकै एकीकृत पक्षले चारमा चारै स्थानमा जित्ने स्थिती छ ।
दुई–दुई स्थान लिने गरी भागबन्डा भएपनि नेकपाले एक स्थानचाहिँ सीके राउतलाई दिने संकेत देखिएको छ ।
पश्चिमी इच्छा र योजनाअनुरुप नेपालमा क्रियाशील सीके राउत र नेकपाबीचको गठबन्धन निकै रहस्यमयी मानिन्छ । यो समाचार आजको घटना र विचार साप्ताहिकमा छ ।