शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • देश
  • हिमालि तथा पहाडि क्षेत्रमा भारि हिमपात (फोटो फिचर)

हिमालि तथा पहाडि क्षेत्रमा भारि हिमपात (फोटो फिचर)

  • आइतवार, मंसिर २९, २०७६
हिमालि तथा पहाडि क्षेत्रमा भारि हिमपात (फोटो फिचर)

बिहिबार साँझ देखि हिमाली तथा पहाडि क्षेत्रमा भारी हिमपात भएको छ । हिमँपात सँगै चिसोबढेपनि जनजिवन प्रभाबित बनेको छ । शुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेशका हिमाली र पहाडि क्षेत्रमा बिहिवार साझ देखी लगातार हिमपाँत भएको छ । हिमपातले शुदरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जिल्ला बझाङ्ग, हुम्ला, जुम्ला मुगु, बाजुरा, दार्चुला, बैतडी, अछाम लगायत जिल्लाको जनजिवन प्रभावित भएको छ ।

हिमपातका कारण बाजुराका हिमाली गाँउपालिका, बुढिन्नदा नगरपालिका, छेडेदह गाँउ पालिका, स्वामीकार्तिक गाँउ पालिका र जगन्नाथ गाँउपालिका उच्च भागमा हिमपात भएपछि जनजिन प्रभावित भएको छ । पाण्डुसैन र मार्तडीको विचमा पर्ने पोरखे लेखमा धेरै हिमपात भएपछि, सदरमुकाम देखि उत्तरी भेगमा पर्ने कोल्टि सम्मको यातायात समेत बन्द भएको छ । उच्च भागमा भारी हिमपात भएपछि घर भन्दा बाहिर निस्कन समेत ग्राहो भएको स्थानियले बताएका छन् ।


त्यस्तै बझाङ्गको काँडा, दोलिचौर, सुरमा, गडरा लगायतका उच्च भागमा हिमपाँत भएको छ । उच्च भागमा हिमपातँ हुदा स्थानियलाई दैनिक काममाज गर्नमा समेत निकै समस्या भएको स्थानिय बाँसिले बताएका छन् । मुगुका दोल्पु, किरमी, पोलु, मुगु लगायतका ठाँउमा हिमपात हुदा समस्या भएको छ । हिमपाँतले आवतजावत पशुपालन भेडा चरिचरन र गाँउमा सामान ढुवानी गर्न समस्या भएको छ ।

त्यस्तै हिमाली उच्च भागमा हिमपात भएपछि नेपालगञ्ज बाट बाजुरा, हुम्ला, जुम्ला, डोल्पा, मुगुमा हुने नियमित उडान सेवा बन्द भएका छन् । दैनिक नेपालगञ्ज बाट ३० देखी ४० सम्म हुने उडान सेवा मंगलवार बिहाना बाट बन्द भएको नागरीक उड्यन प्राधिकरण नेपालगञ्जले जनाएको छ ।
हिमँपात सँगै चिसो बढेसँगै बिद्यालय सञ्चालनमा समस्या भएको बिद्यालयले जनाएका छन् । सरकारी कार्यलयको काम काज समेत प्रभाबित भएको छ । हिमाली गाँउपालिका १, २ र ३ बिच्छँया अधिकांश बिद्यालय बन्दै भएका छन् । हिमाली गाँउपालिका ३ गुम्बामा रहेको हिमाल भक्ति प्राबि हिउँदको समयमा पुर्ण रुपमा बन्द हुने गरेको छ । बुढिन्नदा नगरपालिकामा रहेको हिमाली आधारभुक्त बिद्यालयको पढाइ समेत प्रभाबित भएको शिक्षिका कमला रेग्मिले वताएकि छन् ।

चर्चामा

सम्बन्धित समाचार