शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • बच्चा हुर्किसक्दा समेत पाइँदैन सुत्केरी भत्ता

बच्चा हुर्किसक्दा समेत पाइँदैन सुत्केरी भत्ता

  • बुधबार, मंसिर २५, २०७६
बच्चा हुर्किसक्दा समेत पाइँदैन सुत्केरी भत्ता

इटहरी- सुनसरीको भोक्राह गाउँपालिकाकी रञ्जुदेवी मेहेता सुत्केरी भएको एक वर्ष पूरा भयो। २०७५ कात्तिक २१ गते सुनसरी जिल्ला अस्पताल इनरुवामा सुत्केरी भएकी हुन् उनी। अहिले उनी साइडको काममा जान सक्ने भइसकिन्। बच्चा हुर्केर टुकुटुकु हिँड्ने बेला भयो।

इनरुवाकै संगीता यादव ७ महिना अगाडिकी सुत्केरी हुन्। इनरुवा अस्पतालमै सामान्य प्रसूति भएकी उनी पनि मजदुर हुन्। अहिले उनी बच्चा लिएरै काममा निस्किछिन्। तर सरकारले दिने भनेको सुत्केरी भत्ता पाउने छाँटकाँट अझैसम्म छैन।

सुनसरीको इनरुवा अस्पतालमा डेढ वर्ष अगाडिका सुत्केरीले समेत भत्ता पाउन सकेका छैनन्। अस्पतालमा प्रसूति गराएपछि घर फर्कंदा दिइने आमा सुरक्षा कार्यक्रम अन्तर्गतको यातायात बापतको सुत्केरी भत्ता पाउनै सकस हुने गरेको छ।

उता सरकारले आर्थिक वर्ष २०७६/७७ देखि लागू हुनेगरी सुत्केरी भत्ता दोब्बर बनाएको छ। पहाडी तथा दुर्गम क्षेत्रमा १५ सय र तराई क्षेत्रमा १ हजारका दरले आमा सुरक्षा भत्ता पाउने व्यवस्था छ। सोही कार्यक्रममार्फत गर्भावस्थामा ४ पटक गर्भवती जाँच गरे थप ८ सय पाउँछन्।

इनरुवा अस्पतालकी मेडिकल अफिसर डा बिना शाक्यका अनुसार एक वर्ष अगाडि प्रसूति गराएकाहरुलाई फोन गरेर बोलाउँदै भत्ता वितरण भइरहेको छ। सरकाले समयमै बजेट नपठाएको कारण समयमै पैसा दिन नसकिएको उनको भनाइ छ।

एक महिनामै २ सय ५० भन्दा धेरै सुत्केरी हुने अस्पतालबाट ३ हजार बढीले आमा सुरक्षा भत्ता पाउन बाँकी छ। हाल प्रदेश सरकार मातहत रहेका सबै अस्पतालमा बजेट र औषधिको अभाव देखिन्छ।

साभार स्वास्थ्य खबर पत्रिका

चर्चामा

सम्बन्धित समाचार