शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • खेलकुद
  • पुनम रावल बक्सीङ्गमा दोस्रो

पुनम रावल बक्सीङ्गमा दोस्रो

  • बुधबार, मंसिर २५, २०७६
पुनम रावल बक्सीङ्गमा दोस्रो

१३ औं सागको अन्तिम दिन हिजो भएको ६४ केजी बक्सीङ्गमा बाजुराकी चेली पुनम रावल दोस्रो भएकी छन् । पुनमले भारतकी मन्जु बम्बोरीयासंग प्रतिस्पर्धा गरेकी थिईन ।
बडिमालिका नगरपालिका ८ घर भएकी पुनम रावल यो भन्दा पहिला भारत, चीन, थाइल्यान्ड, इन्डोनेसिया भेतनाममा खेलिसकेकी छन् । भारतमा खेल्दा उनि तेस्रो भएकी थिईन् ।
बाजुरामा सामान्य परिवारमा जन्मेकी पुनम अन्तराष्ट्रिय स्तरको थुप्रै ग्याम खेली सकेकी छन् । बाजुराका महिला केही गर्न सक्छन भन्ने देखाएको बुढिन्नदा नगरपालिकाकी उपमेयर सृष्टि रेग्मीले वताईन् । अबसर नपाएर पनि धेरै महिलाहरु पछाडी परेका छन यिनिहरुले त नेपाली सेना मार्फत अबसर पाएकाले यहाँ पुगेको अझै यस्ता धेरै प्रतिभा लुकेर बसेको उनले वताईन् ।
२०७१ साल असोज २२ गते बाजुराको सदरमुकाम मार्तडीमा भर्ना छनौटमा सफल भएकी पुनम देश भित्र खेल्दा त्रिभुवन आर्मी कल्बबाट खेल्ने गरेकी छन् । आर्थिक अबस्था निकै कमजोर थियो, जब सेनामा भर्ना भए तब खेलमा प्रगति भएर देश बिदेशमा खेल्न पाएको पुनमले वताईन् ।

चर्चामा

सम्बन्धित समाचार