बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा चार महिनामा ५ जना सुत्केरीको मृत्यु

बाजुरामा चार महिनामा ५ जना सुत्केरीको मृत्यु

  • बुधबार, मंसिर २५, २०७६
बाजुरामा चार महिनामा ५ जना सुत्केरीको मृत्यु

प्रकाश सिंह
गत साता जगन्नाथ गाउपालिका ५ गोत्री सामुदायिक स्वास्थ्य ईकाइ केन्द्रमा सुत्केरीकोे मृत्यु भएको छ । मृत्यू हुनेमा जगन्नाथ गाउपालिका ५ गोत्रीकी ३५ वर्षियका पुल्ती रावल रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले वताएका छन् ।
घरमै सुत्केरी भएकी रावलको साल अट्कीएपछि अत्याधिक रक्तश्रापका कारण बेहोस अबस्थामा सामुदायिक स्वास्थ्य ईकाई केन्द्र गोत्री पु¥याएको थियो । ईकाईमा पु¥याउदा बेहोस थिईन्, साल अट्कीएको र अत्यधिक रगत बगिरहेको थियो । साल निकालियो । पछि रगत पनि रोकीयो घाम ताप्दै थिईन्, एक्कासी मृत्यू भएको स्वास्थ्य ईकाईमा कार्यरत अहेब अमर बुढाले बताए ।
घरमै सुत्केरी भएको रहेछ सुत्केरीका आफन्तले बाटोमा ल्याउदा ल्याउदै सुत्केरी भएको भन्दै ढाटे छन् । साल अटकेको र बेहोस भएको कुरा जानकारी आएपछि हेलिकप्टरको लागी जिल्ला प्रशासन मार्फत प्रदेश सरकार र संघ सरकार सँग पहल भइरहेको थियो । महिला होसमा आएको र सुत्केरी अबस्था राम्रो भएको जानकारी आएपछि उद्धार गर्न पहल रोक्यौ डा बिश्वकर्माले बताए । तर एकाएक उनको मृत्यु भएको बिश्वकर्माले वताए ।
भदौ यता बाजुरामा जिल्लामा ५ जना सुत्केरीको मृत्यु भइसकेको छ । भदौ ७ गते मडिमालिका नगरपालिका ७ जिल्लीकी बसन्ती नेपालीको मृत्यु भएको थियो । उनी सुत्केरी हुन जिल्ला अस्पताल बाजुरामा भर्ना भईन्, । सुत्केरी भएको १ घण्टामा उनको मृत्यु भएको थियो । त्यस्तै जिल्ला अस्पताल बाजुरामा भदौ २५ गते उच्च रक्तचापका कारण बुढिनन्दा नगरपालिका १० पाण्डुसेनकी ३५ बर्षिय निर्मला बोहाराको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डां रुपचन्द्र बिश्बकर्माले वताए । मृत्यु भएकी निर्मला बोहाराको दुई बर्ष पहिला जिल्ला अस्पताल बाजुरामै अप्रेसन गरेर बच्चा जन्माएकी थिईन् । सुत्केरीको महिलाको उपचारमा संलग्न डाक्टर दुर्गा महर्जनका अनुसार बोहोरालाई भ्याकुम मार्फत बच्चा जन्माउदा सम्म महिलाको अबस्था सामान्य रहेको थियो, पछि उक्कासी उच्चरक्तश्राव पछि मृत्यु भएको वताए ।
त्यस्तै कार्तिक १६ गते त्रिवेणी नगरपालिका १ छतारा स्वास्थ्य चौकीमा ३७ वर्षकी रेजीया नेपालीको मृत्यु भएको थियो । त्रिवेणी नगरपालिका १ छतारा बिशाल बजार बस्ने रेजीया नेपाली चौथो सन्तान जन्माउन स्वास्थ्य संस्था पुगेकी थिईन् । सन्तान पाएको ६ घण्टापछि बेहोस भएर मृत्यु भएको अनमी सुमित्रा पाध्याले वताईन् । घरबाट स्वास्थ्य संस्था ल्याएको २ मिनेटमै बच्चा जन्माएकी हुन् । अवस्था सामान्य नै थियो, राति ११ बजे तिर आफन्तले स्वास्थ्य चौकी पु¥याएका थिए । ब्याडमा लिन नपाउँदै बच्चा जन्माएकी हुन । बिहान साढे चार बजेसम्म अवस्था राम्रै थियो, विहान ५ बजेपछि एकाएक बेहोस भएर ज्यान गएको हो, सुत्केरी गराउनमा संलग्न रहेकी अनमी पाध्यायले वताईन ।
कार्तिक २५ गते बुढिगंगा नगरपालिका ७ झालि बस्ने २० बर्षकि कमला उखेडको धनगढी लैजाने क्रममा अछामको चौखुट्टेमा मृत्यु भएको थियो । कमलालाई ब्यथा लागेको १ दिन सम्म उनका ससुराले झारफुक गरे । ससुरा अमि उखेडा धामि रहेको उनले देवता लागेको भन्दै झारफुकमा लागे । अचेत अबस्थामा रहेकि कमला ठिक नभएपछि अछामको बयगडा अस्पतालमा लगियो । त्यहाँ सम्भाबना नभएको भन्दै धनगढी रिफर गरयो, बाटोमै उनको मृत्यु भएको आफन्तले जनाएका छन् ।
मृत्यु भएकि सुत्केरी चार जनाको स्वास्थ्य संस्थामै र एक जनाको धनगढी लैजादै गर्दा बाटामो मृत्यु भएको छ । २ जना महिलाको जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको थियो । भने एकजनाको त्रिबेणी नगरपालिकाको छतारा स्वास्थ्य चौकी र एकजनाको गोत्री सामुदायिक स्वास्थ्य ईकाइ केन्द्रमा मृत्यु भएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेक बहादुर खड्काले भने चार महिनामा ५ जना सुत्केरीको मृत्यु हुनु भनेको हाम्रो चेतना स्तर कमजोर भएको वताए । गर्भवती भएपछि नियमित गर्भजाँचको कमि र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउदाको परिणाम रहेको खड्काले वताए । अर्को सुत्केरी भएको बेला आरम गर्नुपर्ने, पोषिलो खानेकुरा नखाने, कडा परिश्रमले सुत्केरी महिला ज्यान गुमाउने गरेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार