• होमपेज
  • राजनीति
  • जुर्मुरायो नेकपा, महिला सांसद् संसद्मा नै यौनहिंसाको शिकार

जुर्मुरायो नेकपा, महिला सांसद् संसद्मा नै यौनहिंसाको शिकार

  • मङ्लबार, मंसिर २४, २०७६
जुर्मुरायो नेकपा, महिला सांसद् संसद्मा नै यौनहिंसाको शिकार

काठमाडौँ । आज मंसिर २४ गते मंगलबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकका निर्णयको समाचारले प्राथमिकता पाएका छन् । त्यस्तै, १३ औँ दक्षिण एसियाली खेलकुदमा गौरिका सिंहको प्रदर्शन, राष्ट्रिय सभाको निर्वाचन लगायतका समाचारहरु पनि प्रकाशित छन् ।

अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अधिकार दिइएपछि नेकपाको संगठनात्मक सक्रियता बढेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । सोमबार बसेको सचिवालय बैठकले स्थायी समिति डाक्नेसहित लामो समयदेखि अवरुद्ध पार्टी सञ्चालन प्रक्रियाका गाँठा फुकाएको छ । त्यस्तै, अन्तरिम विधान संशोधन, संगठनात्मक एकतालाई पूर्णता, पार्टीका जिल्लामा देखिएका विवाद मत्थरजस्त कार्य तत्काल हुने भएको छ । अन्तरिम पार्टी विधानमा देखिएका त्रुटि परिमार्जन गर्न र सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन नेकपाले विधान संशोधन गर्न लागेको हो । यसका लागि गत वर्ष स्थायी समिति बैठकले म्यान्डेट दिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार