शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • महिलालाई हेल्थपोष्टमै रातभर थुनेर डाक्टरद्धारा बलात्कार ?

महिलालाई हेल्थपोष्टमै रातभर थुनेर डाक्टरद्धारा बलात्कार ?

  • आइतवार, मंसिर २२, २०७६
महिलालाई हेल्थपोष्टमै रातभर थुनेर डाक्टरद्धारा बलात्कार ?

जनकपुरधाम —  महिलालाई जवरजस्ती बलात्कार गरेको आरोपमा एक डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ।रौतहटको यमुनामाई गाउँपालीकाको सरुअठा हेल्थ पोस्टका इन्चार्य ४५ बर्षिय सुधिर कुमार सिंहलाई बलात्कार आरोपमा पक्राउ गरिएको हो । सिंहले एक महिलालाई चरम यातना दिएर बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन ।
गत मंसिर १८ गते चितवनबाट रौतहटको सदरमुकाम घुमफिर गर्न आएकी एक ३० बर्षिया महिला घर फर्किनको लागी गौर बसपार्कमा बसको प्रतिक्षा गरिरहेकैं बेला डाक्टर सिंहले ति महिलालाई चितवनको बस चढाइदिने भन्दै मोटरसाइकलमा राखेर सदरमुकामबाट करिब १५ किलोमिटर उतर सरुअठा हेल्थ पोस्टमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुन्धानको क्रममा पीडित महिलाले बयान दिएको हो ।
चन्द्रनिगाहपुरबाट चितवनको गाडी चढाइदिने बाचा गरेर मोटरसाइकल पछाडी बसाएका महिलालाई डाक्टर सिँहले सरुअठास्थित हेल्थ पोस्टमा रातभर थुनेर जवरजस्ती बलात्कार गरेको पीडित महिलालाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परिक्षण गरीएको छ। उनको जाहेरीको आधारमा डाक्टर सिंहलाई पक्राउ गरि आवश्यक अनुन्धान भइरहेको रौतहटका प्रहरी प्रवक्ता डिएसपि नविन कार्कीले बताएका छन्। पिडितको जाहेरीपछि शुक्रबार साँझ डाक्टर सिंहलाई सदरमुकाम गौरमै नियन्त्रणमा लिएर जवरजस्ती करणी कसुर अन्तर्गतको अपराधका अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए।
प्रहरी हिरासतमा रहेका डाक्टर सिंह सरुअठा हेल्थपोस्टमा अहेव पदमा कार्यरत भएपनि उनि भारतको दरभंगाबाट विडिएस (डेन्टीस्ट) पढेर उनि सदरमुकाम गौरमा दातको निजि क्लीनिक पनि सञ्चालन गर्दै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार