बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • खेलकुद
  • बाजुराकी चेेली पुनम रावल सहित चार जना महिला बक्सि‌ङ् फाईनलमा

बाजुराकी चेेली पुनम रावल सहित चार जना महिला बक्सि‌ङ् फाईनलमा

  • आइतवार, मंसिर २२, २०७६
बाजुराकी चेेली पुनम रावल सहित चार जना महिला बक्सि‌ङ् फाईनलमा

काठमाडौं : नेपालमा बाजुराकी चेली पुन रावल सहित चारजना महिला बक्सिङ खेलाडी १३औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा प्रवेश गरेका छन्। ललितपुरको सातदोबाटोमा शनिबार भएको खेलमा पुनम रावल ललिता महर्जन, मीनु गुरुङ र संगीता सुनार फाइनलमा प्रवेश गरेका हुन्। यसअघि नै

महिला ६४ केजी ताैल समुहकाे खेलमा पुनम रावलले बाई पाएर फाइनल पुगिसकेका छन्। भने ४८ केजी तौल समूहको खेलमा ललिताले श्रीलंकाकी नादिका पुष्प रनासिंघे अराचचिघेलाई अंकको आधारमा हराइन्। महिला ५४ केजी तौल समूहको खेलमा मीनुले पनि बंगलादेशकी ओनिता इस्लामलाई अंककै आधारमा पराजित गरिन्। यसैगरी ६० केजी तौल समूहको खेलमा संगीताले पनि श्रीलंकाकी केशानी हंसिका कस्तुरी अर्चचिघेलाई अंकको आधारमा पराजित गरिन्।

पुरुष ४९ केजी तौलमा नेपालका सुशील थापामगर भारतका विनोद तनवरसँग पराजित भए। सुशील कांस्य पदकमा सीमित बने। ५६ केजी तौल समूहमा पनि नेपालका पुरन राईले पराजित हुँदै कांस्य जिते। ६४ केजी तौलको सेमिफाइनलमा नेपालका भूपेन्द्र थापामगर बंगलादेशका मोहमद अलामिनलाई अंकका आधारमा हराउँदै फाइनलमा प्रवेश गरेका छन्। पुरुष ९१ केजीमा नेपालका अर्जुन सिगुले भारतका गौरव चौहानसँग पराजित हुँदै कांस्यमा चित्त बुझाए।

चर्चामा

सम्बन्धित समाचार