• होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका वडा नम्बर १ मा नेकपाको वडा कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न

बडिमालिका नगरपालिका वडा नम्बर १ मा नेकपाको वडा कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न

  • शनिबार, मंसिर २१, २०७६
बडिमालिका नगरपालिका वडा नम्बर १ मा नेकपाको वडा कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न

बाजुरा २१ मसिंर– बडिमालिका नगरपालिका वडा न १ ले पूर्णता पाएसँगै वडा कमिटी गठन र सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बडिमालिका नगरपालिकाका बिभिन्न वडाहरुमा वडा कमिटी घोषणाका साथै सपथ ग्रहण कार्यक्रम जारी रहेको छ ।
नेकपा बडिमालिका नगरपालिका वडा न १ मा महेन्द्र दानीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटीका पदाधिकारीहरुलाइ सपथ ग्रहण गराईएको पार्टीका नगर बडिमालिका नगर सचिव चन्द्रबहादुर थापाले बताए । पार्टीको वडा नं. १ को इन्चार्जमा महेन्द्र दानी र सचिवमा कर्ण नेपाली लगायत २९ जना सदस्य रहेको कमिटिले एकै साथ सपथ ग्रहण गरेका छन् ।
कार्यक्रममा पार्टीका जिल्ला सदस्यहरु गगन रावलको प्रमुख आथित्यमा सचालन भएको सपथ ग्रहण कार्यक्रममा जिल्ला कमिटि सदस्य मन बहादुर बिक, बडिमालिका नगर कमिटि अध्यक्ष बिरबहादुर रावल, नगर कमिटि सदस्य मान बहादुर कार्की लगायत नेकपाका नेताहरुको उपस्थिती रहेको नेकपा बडिमालिका नगर कमिटि सचिव चन्द्र बहादुर थापाले बडिमालिका खवरलाई जानकारी दिएका छन् । कार्यक्रममा पार्टीका नगर कमिटि सदस्य मान बहादुर कार्कीले स्वागत मन्तब्य राखेको थापाले बताएका छन् ।
वडा इन्र्चाज दिल बहादुर बिकको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा जिल्ला कमिटि सदस्य युवा नेता गगन रावल रहेका थिए ।
प्रमुख अतिथि समेत रहेका नेता रावलले अब गाउँमा नेकपाले पुर्णता पाए संगै संगठनका गतीबिधीलाइ बढाउन आग्रह गरेका छन् । वडामा हुने बिकास निर्माण लगाएत वडामा हुने सकरात्मक कामहरुलाई बढवा दिनुपर्ने बताए । पाटिको बिधि र बिधानमा रही सबै कार्यक्राहरुले गाउँमा एक भएर बिकाश निर्माण आगामी हुने निर्बाचनहरुमा पाटि संगठन बलियो बनाउने गरि लाग्नुपर्ने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार