बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत महिला भलिबल

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत महिला भलिबल

  • शनिबार, मंसिर २१, २०७६
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत महिला भलिबल

संगीता तिमिल्सेना
बाजुरा २१,मंसिर — लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत महिला भलिबल प्रतियोगिता संचालन भएको छ । जिल्लाको वडिमालिका नगरस्तरीय युवा संजालको आयोजना र वडिमालिका नगरपलिकाको महिला बालबालिका नगरस्तरी तथा समाज कल्याण उपशाखा बाजुराको सहयोगमा महिलामा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउनका लागि भलिबल प्रतियोगिताको आयोजना गरिएको युवा संजालका अध्यक्ष प्रशान्तराज जोशीले बताउनुभएको छ ।
भलिबल प्रतियोगितामा वडिमालिका नगरपािलका वडा नं १, ३, ६, ८ र ९ का ५ वटा भलिबल प्रतियोगितामा सहभागिता जनाएका छन् । यो समचार तयार पार्दासम्म प्रतियोगितामा सहभागिता जनाएका सम्पुर्ण टिमले खेलको तेस्रो नतिजाका लागि प्रतिस्पर्धा गरिररहेका छन् । महिला भलिबल प्रतियोगितामा प्थम हुनेले नगद रु. ५ हजार प्राप्त गर्नेछन्, द्धितीय हुनेले रु ३ हजार र तृतीय हुनेले रु २ हजार नगद पुरस्कार प्राप्त गर्ने नगरपालिकाका महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख केशरी रोकायाले बताउनुभयो ।
त्यसैगरी लैङ्गिक हिंसा विरुद्धको अभियानमै वडिमालिका नगरपलिकाले विभिन्न र्याली निकालेको थियो भने अभियान चलिरहेकै बेला वडिकालिका नगरपािलका वडा नं ९ लाई छाउपडी गोठमुक्त गर्ने कायृक्रम रहेको नगरउपप्रमुख कविता विष्टले बताइन् । अहिले जिल्ला भरी सम्पुर्ण स्थानिय तहले विभिन्न कार्यक्रम गरी हिंसा अभियान विरुद्धका दिवस मनाइरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार