• होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपािलका वडा नम्बर ७ मा नेकपा वडा कमिटीको सपथ ग्रहण

बडिमालिका नगरपािलका वडा नम्बर ७ मा नेकपा वडा कमिटीको सपथ ग्रहण

  • शुक्रबार, मंसिर २०, २०७६
बडिमालिका नगरपािलका वडा नम्बर ७ मा नेकपा वडा कमिटीको सपथ ग्रहण

बाजुरा २० मसिंर–  बडिमालिका नगरपालिका वडा न ७ ले पूर्णता पाएसँगै वडा कमिटी गठन र सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बडिमालिका नगरपालिकाका बिभिन्न वडाहरुमा वडा कमिटी घोषणाका साथै सपथ ग्रहण गराएको हो ।
नेकपा बडिमालिका नगरपालिका वडा न ७ मा लोकेन्द्र रोकायाको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी घोषणा गरिनुका साथै सपथ ग्रहण पनि गराईएको पार्टीका नगर सदस्य दिर्घराज पाध्यायले जानकारी दिए । पार्टीको वडा नं. ७ को इन्चार्जमा लोकेन्द्र रोकाया र सह इन्चार्जमा मन्लाल बिक रहेका छन् । वडा कमिटिका २९ जनाले एक साथ सपथ ग्रहण गरेकाे नगर कमिट अध्यक्ष बिर बहादुर रावलले बताए ।
कार्यक्रममा पार्टीका जिल्ला सदस्यहरु गगन रावलको प्रमुख आथित्यमा सचालन भएको सपथ ग्रहण कार्यक्रममा जिल्ला कमिटि सदस्य मन बहादुर बिक,नन्दराज पण्डित, लक्षी बिक,तुला बिक लगायतको उपस्थिती रहेको नेकपा बडिमालिका नगर कमिटि सचिव चन्द्र बहादुर थापाले बडिमालिका खवरलाई जानकारी दिएका छन् । कार्यक्रम पार्टीका नगर कमिटि सदस्य धर्मराज पाध्यायले स्वागत मन्तब्य राखेको थापाले बताएका छन् ।

वडा इन्र्चाज गोरख बिकको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा जिल्ला कमिटि सदस्य युवा नेता गगन रावल रहेका थिए भने कार्यक्रमको संचालन नेकपा नगरकमिटि सदस्य जंग बिकले गरेको नगर कमिटि सचिव चन्द्र बहादुर थापाले जानकारी दिएका छन् । नेकपा बडिमालिका नगरपािलका कमिटी अध्यक्ष बिर बहादुर रावल लगाएत नगरकमिटि पदाधीकारी लगयत स्थाननीयकाे सहभागी रहेकाे नेकपा नगर कमिटी सदस्य धर्मराज पाध्यायले बताए ।
प्रमुख अतिथि समेत रहेका नेता रावलले अब गाउँमा नेकपाले पुर्णता पाए संगै संगठनका गतीबिधीलाइ बढाउन आग्रह गरेका छन् । वडामा हुने बिकास निर्माण लगाएत वडामा हुने सकरात्मक कामहरुलाई बढवा दिनुपर्ने बताए । पाटिको बिधि र बिधानमा रही सबै कार्यक्राहरुले गाउँमा एक भएर बिकाश निर्माण आगामी हुने निर्बाचनहरुमा पाटि संगठन बलियो बनाउने गरि लाग्नुपर्ने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार