• होमपेज
  • बडिमालिका
  • चिसो छल्न विद्यार्थीलाई न्यानो लुगा वितरण 

चिसो छल्न विद्यार्थीलाई न्यानो लुगा वितरण 

  • शुक्रबार, मंसिर २०, २०७६
चिसो छल्न विद्यार्थीलाई न्यानो लुगा वितरण 

जाडो यामको चिसो छल्न विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको छ । जिल्लाको वडिमालिका नगरपािलका वडा नं वडा नं ७ मा रहेको सरस्वती निमावीका २ सय बालबालिकालाई नयानो कपडा वितरण गरिएको वडा अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिनुभयो । ढम्कनेमा अत्याधिक जाडो हुने धएकाले विद्यार्थीलाई थोरै भएपनि राहात होस् भन्ने उद्देश्यले न्यानो टोपी र कोजा वितरण गरिएको उहाँले बताउनुभयो । वडा नं ७ को समन्वय र समाजसेवी दयाराम अग्रवालको सहयोगमा न्यानो टोपी र मोजा वितरण गरिएको बताइएको छ । दिनप्रतिदिन चिसो बढीरहेका बेला न्यानो टोपी र मोजा पाएपछि विद्यार्थी निकै उत्साहित भएका छन् । जाडो याममा सबै विद्यार्थीका लागि भगवान सावित बनेका सहयोगीलाई सरस्वतीमा निम्न माध्यामक विद्यालयका शिक्षक, विद्यार्थी अभिभावक लगायत धन्यवाद समेत व्यक्त गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार