शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • डोटीमा आगो लगाएर हत्या गरेको भन्दै दुई जना विरुद्ध उजुरी

डोटीमा आगो लगाएर हत्या गरेको भन्दै दुई जना विरुद्ध उजुरी

  • बिहिबार, मंसिर १९, २०७६
डोटीमा आगो लगाएर हत्या गरेको भन्दै दुई जना विरुद्ध उजुरी

डोटीमा एक महिलाको आगो लगाएर हत्या गरेको भन्दै दुई जना विरुद्ध उजुरी परेको छ। जिल्लाको शिखर नगपालिका वडा नम्वर ४ मुडभराकी २६ बर्षीय भावना भट्टको आगो लगाएर हत्या गरेको भन्दै माईती पक्षले उनका श्रीमान र पहिलो श्रीमती विरुद्ध उजुरी दिईएको हो।

पेट्रोलीयम पदार्थ छर्किदै आगो लगाएर हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलाली मार्फत उजुरी दिईएको मृतक भावनाका दाई शालिग्राम भट्टले बताए। भावनाका श्रीमान मिनराज शर्मा र मिनराजकी पहिलो श्रीमती विरुद्ध उजुरी आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले घटना डोटी भएकलो उजुरी पनि डोटी पठाईने बताए। शरिरमा आगो लागेपछि मंसिर ७ गते गम्भिर घाईते भएकी भावनालाई उपचारका लागि डोटीकै सुजङ अस्पतालमा पुगाईएको थियो।

सुजङ अस्पतालले थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएकोमा उनलाई थप उपचारका लागि भारतको बलेरी लगिएको थियो। उनको स्वास्थ्य अवस्था सुधार भएको भन्दै घर ल्याईएकोमा बुधवार कैलालीको अत्तरियास्थीत शर्माका काकाको घरमा उनको मृत्यु भएको हो।

भावना र शर्माबिच दुई बर्षअघि मात्रै भागी बिवाह भएको थियो। शर्माले भावनालाई दोश्रो श्रीमतीको रुपमा भित्र्याएका थिए।

साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार