शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सेती अस्पतालका लागि पौने दुई करोडमा खरिद गरिएको अक्सिजन प्लान्ट थन्कियो

सेती अस्पतालका लागि पौने दुई करोडमा खरिद गरिएको अक्सिजन प्लान्ट थन्कियो

  • बिहिबार, मंसिर १९, २०७६
सेती अस्पतालका लागि पौने दुई करोडमा खरिद गरिएको अक्सिजन प्लान्ट थन्कियो

धनगढीको सेती प्रादेशिक अस्पतालका लागि पौने दुई करोडमा खरिद गरिएको अक्सिजन प्लान्ट महिनौदेखि थन्किएको छ। प्रदेशको सामाजिका विकास मन्त्रलायको एक करोड ७४ लाख बजेटमा खरिद गरिएको अक्सिजन प्लान्ट महिनौदेखि थन्किएको हो। सुरुमा महिनौ सम्म आपुर्तीकर्ताले अन्यत्रै थन्काएको अक्सिजन उत्पादन गर्ने मेसिन अर्थात अक्सिजन जेनेरेटर प्लान्ट अहिले सेती प्रादेशिक अस्पतालमा थन्काईएको छ।

टेण्डर कमिसनको चलखेलमा धनगढीको डिबी मेडिसिनलाई दिन खोजिएको भन्दै सुरुवातदेखि नै खरिद प्रक्रिया विवाददित बनेकोमा अहिले उपकरण खरिद गरेको महिनौ भईसक्दा समेत सञ्चालनका लागि कुनै प्रक्रिया अगाडी बढ्न नसकेको हो। अस्पतालले उपकरण एउटा कोठामा राखिएको बताएको छ भने आपुर्तीकर्ताले भने जडान भईसकेको दावी गरेको छ। धनगढी आएका आपुर्तीकर्ताका ईन्जिनियर सुशिल कुमार सिंहले अक्सिजन प्लान्ट जडान भईसकेको बताए।

यता अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले भने उपकरण एउटा कोठामा मात्रै राखिएको बताए। अहिले अक्सिजन प्लान्ट सञ्चालनका लागि मन्त्रालयसंग कुनै समन्वय हुन सकेको छैन्। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जडानका क्रममा भोल्टेजको समस्या देखिएको बताउदै छिट्टै जडान गरी सञ्चालनमा ल्याउने तयारी रहेको बताए।

अक्सिजन प्लान्ट खरिदको प्रक्रिया गत आर्थिक बर्षदेखि नै सुरु भएपनि खरिदका क्रममा चाहेको आपुर्तीकर्तालाई दिने चलखेल भएको भन्दै सर्बोच्चमा उजुरी परेको थियो। सर्बोच्चको मुद्धा किनारा नलागेपनि उपकरण खरिद गर्दै लामो समयदेखि थन्काईएको हो। सेती अस्पतालले अक्सिजन प्लान्ट नहुँदा सिलिण्डर खरिदमै वर्षेनी ५० देखि ६० लाख खर्च गर्दै आएको छ। अस्पतालमा गम्भीर प्रकृतिका विरामीको चाप अत्यधिक भएका बेला एक दिनमै २५ देखि ३० हजार सम्मको अक्सिजन आवश्यक पर्ने गरेको छ।

साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार