• होमपेज
  • बडिमालिका
  • डाक्टर दुर्गा महर्जन र टिका राईको बिदाइमा रोएको बाजुरा

डाक्टर दुर्गा महर्जन र टिका राईको बिदाइमा रोएको बाजुरा

  • मङ्लबार, मंसिर १७, २०७६
डाक्टर दुर्गा महर्जन र टिका राईको बिदाइमा रोएको बाजुरा
  प्रकाश सिंह

२०७५ सालभदौ २२ गते गौमुल गाँउपालिका ४ बस्ने ३६ बर्षिय रितु रोकायाको डा. दुर्गा महर्जन, डा. टिका राईको टिमले पहिलो पटक जिल्लामा ठुलो अप्रेशन गरे ।सानो आन्द्रामा घाउ भएकि उनलाई अस्पतालमा जिवनमरणको दोसाधमापुयाएको थियो । सुबिधा सम्पन्न अस्पतालमा लिन सम्मबाच्न सक्ने आशाकमथियो । अर्को त्यो बेला साँफे मार्तडी सड्क पनि अबरोध थियो ।
महर्जनले भनेका थिए,उनलाई बचाउन सकिन्छ कि भनेर जिल्ला अस्पतालमै शल्यक्रिया गर्यौ, सफल भयौ उनलाई बचाउन सफल बन्यौ, बाजुरा जिल्ला अस्पतालमा गरिएको सबै भन्दा ठुलो शल्यक्रिया हो । अप्रेशन डा. दुर्गा महर्जन र डा. टिकाराई लगायत स्वास्थ्यकर्मिले ५ घण्टा लगाएर अप्रेशन सफल पारेको थियो ।यो अप्रेशन शहर बजारमा पनि ठुलो अस्पतालले गर्ने शल्यक्रिया हो, त्यसैमा यो अप्रेशन खर्च र अन्य खर्च गरेर चार पाँच लाखभन्दा बढि लाग्ने गर्छ । तर जिल्ला अस्पताल बाजुराले ५ हजारमा यो शल्यक्रिया गरेको थियो ।
२०७४ बाजुरा, ११ साउनमा गौमुल गाउँपालीका २ बस्ने २० वर्षिया गिता रोकाया रक्क्तअल्पताले समस्याले जिल्ला अस्पतालमा भर्ना भईन् । अस्पतालमा भर्ना भए सँगै डाक्टर टिकाराम राईले चेकजाँच गरे । गिताको शरिरमा रगतको मात्रा एकदमकमै भएको थियो ।


गिताका आफन्तलाई रगत चाहीयो खोज्नुहोस भनेर डा. राईले भने । तर कतै रगत नदिने र नपाएपछि डाक्टर टिकाराम राईले आफै रगत दिए । विरामीको दिशा, पीसाव, नाक, मुख बाट रगत बगीरहेको छ । विरामीलाई चाहीने भन्दा एकदमै रगतको मात्रा कम भएको थियो । एक प्वाईन्ट रगत डा. राईले दिए । डा. टिकाराम राईले बिरामीको उपचार मात्र गरेनन् उनलाई रगत दिएर नै बचाएका छन् । त्यस्तै गएको महिना बुढिनन्दा नगरपालिका ७ पाण्डुसेनकि २९ बर्षिय शारदा कडारा सुत्केरी हुन नसकि जिल्ला अस्पताल बाजुरामा आफन्तले पुयाए । जिवन मरणको दोसाधमा रहेकि शारदाको बच्चा पेटमै मरीसकेका कारण उनको पेट बाट अप्रेशन मार्फत चिकित्सकले बच्चा निकाले र आमालाइ बचाउन सफल भए ।
यी त केही उदाहरण मात्र डा. दुर्गा महर्जन र डा. टिका राईको टिमले थुप्रै बजुरेलीलाई बचाएका छन् । उपचार मात्र गरेनन,आफै रगत दिएर बचाए । उहाँहरुको तिन बर्षको बाजुरा बसाईमा बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक अप्रेशन सेवा सुचारु भएको थियो । बाजुरा जिल्ला अस्पतालले न्युन शुल्कमा अप्रेशसन गर्ने गरेको थियो । गरिब र पछाडि परेका बर्गलाई सहज रुपमा उपचार सेवा पाँउनका लागि न्युन शुल्लकमा उपचार गरेको जिल्ला अस्पताल बाजुरा प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताए ।
३ बर्षमा धेरै बिरामी बचाए । ३ बर्ष पछि उहाँहरु बाजुरा बाट बिदा भएर गए । बिदाईमा उहाँहरुलाई बाजा गाजा सहित बिदाई त गरयौ । तर उहाँहरुको योगदानले त कहिले बयान गर्न सकिन्न्, अर्को मुल्याकंन पनि गर्न सकिन्न । बाजुरा बस्दा दुबै जनाले सधै बिरामीको सेवामा लागिरहे । डा. दुर्गा महर्जन जति बेला बिरामी सँगै बिरामीकै सेवा देखिन्थे । हुनत जिल्ला अस्पताल बाजुरामा धेरै चिकित्सक आए । कोही काम नगर्ने, कोही पैशा पछि लाग्ने कोही आफु त मेडिकल अधिकृत हु भनेर दम्ब देखाउने काम नगर्ने बिरामी चेक नगर्ने घटना थुप्रै । तर उहाँहरुलाइ बजुरेलिले जहिले निभगवान जस्तै ठानिरहे । उहाँहरुले दिएको सेवाको प्रसंशा गरिरहे बजुरेलीबासीले ।
निक सीमोनस इन्सुचियुट NIS (Nick simons Institute) नामक संस्थाले ३ बर्षका लागि उहाँहरुलाइ बाजुरा पठाएको थियो । आकस्मिक प्रसुति सेवा, हाइड्रोसिल सेवा, एपेन्डिसाइटी, हरनिया, हड्डि भाच्चिएको लगायतको अप्रेशनगरेकाथिए ।सामान्यअप्रेशन देखीलिएर एपेन्डिसाइटी, हरनिया, हड्डि भाच्चिएको अप्रेशनहुने भएपछि धनगढी, नेपालगञ्ज लगायतका ठुला शहरमा जानु पर्ने बाध्यता टरेको थियो ।
जब उहाँहरुको सझौता सकियो । उहाँहरुले बाजुरा छोडनु भयो । अहिले न आकस्मिक प्रसुति सेवा सञ्चालन छ, न कुनै अप्रेसन सेवा नै छ । होला केही दिनमा चिकित्सकको ब्यबस्थापन त होला । तर धेरै बजुरेली जनता बचाँउने चिकित्सको बिदाईमा बाजुरा रोएको छ । सुत्केरी हुन नसेकि धेरै आमालाइ बचाए । अन्तमा उहाँहरुको बिदाइले बजुरेलीबाँसीलाई सोच्न बाध्य बनाएको छ, उहाँहरु जस्तो बाजुरा आउन समय कति लाग्छ । जिल्ला अस्पताल बाजुरामा कार्यरत डा. राजु जोशील भने डा. महर्जन जस्तो बाजुरामा अब आउन मुश्किल छ ।
हुन त अहिले अस्पताल ब्यबस्थापन समितिको अध्यक्षमा भरत थापा चयन भएका छन् । उहाँको काम त हेर्न बाकि नै छ, उहाँका सामु पनि निकै चुनौति छ, डा. महर्जन र राई जस्तै चिकित्सक ल्याएर बाजुरा बासिलाई सोवा दिलाउनमा । अस्पतालमा ब्लोड बैकं नहुँदा समस्या झेलिरहेको बाजुरा त्यो स्थापना गर्न पनि आबश्यक देखिन्छ । डा.महर्जन र राईको बिदाई सँगै भर्खर नियुक्त भएका अध्यक्ष भरत थापाको परिक्षा पनि शुरु भएको छ । उहाँको नियुक्ति सँगै बडिमालिका नगरपालिका मेयर पदम बडुवालले अस्पताल भएकै नगरपालिकाको अध्यक्ष अस्पताल ब्यबस्थापन समितिको अध्यक्ष हुनुपर्ने सार्वजनिक कार्यक्रममा नै आलोचना गरे । बाहिरको भन्दा पनि अस्पताल कस्तो बनाउनु पर्छ स्थानियलाइ थाहा हुन्छ, बाहिरका बनाएर राजनिति गर्ने थलो भएको उनको तर्क थियो । यो भन्दा पहिला पनि अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत रोकाया, जनक बिष्ट पनि बडिमालिका नगरपालिका भन्दा बाहिरकै थिए । अर्को अस्पतालाई ब्यबस्थित गर्नका लागि बडिमालिका नगरपालिकाको महत्वपुर्ण सहयोग आबश्यक छ । यसरी मेयर बडुवालले बोलिरहँदा यसले पनि थापालाई थप चुनौति दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार