बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • बिहे गरेको १८ महिनामा पोइलि घर छाउगोठमा युवतीको मृत्यु

बिहे गरेको १८ महिनामा पोइलि घर छाउगोठमा युवतीको मृत्यु

  • सोमवार, मंसिर १६, २०७६
बिहे गरेको १८ महिनामा पोइलि घर छाउगोठमा युवतीको मृत्यु

अछामको साफेबगर नगरपालिका ३ सिद्धेश्वर सोमबार एक युवतीको छाउपडी गोठमा मृत्यु भएको छ । २१ वर्षीया पार्वति बुढा रावतको छाउ गोठमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय साफेवगरका इन्सपेक्टर नरपती भट्टले बताए । मेल्लेख गाउपालिका वडा नम्वर ७ नन्देगडा माइति घर भएकि पार्वती १८ महिना पहिले विहे गरेर सिद्धेश्वर आएकी थिइन् ।
आइतबार साँझ खाना खाएर सुतेकी उनी सोमबार बिहान मृत भेटिएकी आफन्तले वताएकि छन् । बिहान साढे सात बजेसम्म नउठेपछि छाउगोठको ढोका फोरेर हेर्दा मृत भेटिएको जेठाजु छत्र रावतले वताएका छन् । छाउगोठ घर भन्दा १ सय मिटर टाढा रहेको छ । अछाम प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहिका अनुसार के कसरी मृत्युु भयो भन्ने विषयमा प्रहरिले अनुसन्धान गरिरहेको छ । मृतक युवतीको लाश पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैन लगिएको प्रहरीले जनाएको छ ।
उनी महिनावारी भएको ४ दिन भएको थियो । मृतकका श्रीमान करन रावत ६ देखि रोजगारीको सिलसिलामा भारतमा रहेको वडा अध्यक्ष कृष्ण बुढाले बताए । १० बर्ष यता मात्र अछाममा हालसम्म १५ जना भन्दा बढी महिलाको छाउ गोठमा मृत्यु भइसकको छ । प्रहरीका अनुसार ढोका बाहेक सानो हावा छिर्ने प्वाल मात्र रहेको छ । रातको समयमा उक्क्त गोठमा आगोवाली सुतेको हुँदा धुवाले निसासीएर मृत्यु भएको हुन सक्ने प्ररम्भिक अनुसन्धान बाट खुल्न आएको वताएको छ ।
सर्वोच्च अदालतले २०६२ सालमा बैशाख १९ गते छाउपडि प्रथालाई कुरीति घोषणा समेत गरेको थियो । सरकारको निर्देशन पछि २०६४ सालमा कुरिति घोषणा गरेर छाउपडि प्रथा उन्मुलन सम्बन्धि निर्देशिका २०६४ समेत जारी गरेको थियो । छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ ।
विशेषगरी नेपालको सुदूरपश्चिमका केही जिल्लामा महिनावारी भएका बखत् महिलाले घरभित्र बस्न नपाउने र गाई, भैँसीको गोठ वा छाउगोठमा अलग्गै बस्नुपर्ने कुसंस्कारलाई विधेयकले दण्डनीय मानेको छ । त्यस्तो कार्यमा बाध्य गराउनेलाई तीन महिनाको कैद र जरिवानाको व्यवस्था विधेयकमा गरिएको छ । तर अहिले सम्म कसैलाई पनि छाउगोठमा राखेको भन्दै कार्यवाहि गरिएको छैन् ।

चर्चामा

सम्बन्धित समाचार