बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • कैलालीमा बलात्कारको झुठो आरोप लगाउने दुई महिला जेल चलान

कैलालीमा बलात्कारको झुठो आरोप लगाउने दुई महिला जेल चलान

  • आइतवार, मंसिर १५, २०७६
कैलालीमा बलात्कारको झुठो आरोप लगाउने दुई महिला जेल चलान

कैलालीमा बलात्कारको झुठो आरोप लगाउने दुई महिलालाई जेल चलान गरिएको छ। जिल्ला अदालत कैलालीले बलात्कारको झुठो मुद्दा हालेर पुरुषलाई फसाउन खोज्ने दुईजना महिलालाई कैद सजाय सुनाउँदै कारागार चलान गरेको हो।

जिल्ला न्यायधिश बाबुकाजी बानियाको इजलासले गत मंसिर ११ गते जबरजस्ती करणीको मुद्दामा फैसला सुनाउँदै दुईजना महिलालाई कैद सजाय तोकेको अदालतका सूचना अधिकारी नरबहादुर नेगीले दिनेश खबरलाई जानकारी दिए।

नेगीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर ५ का दशरथ चौधरी प्रतिवादी रहेको मुद्दामा जाहेरीवाली परिवर्तित नाम ७१–१६७ की महिलालाई एक महिना कैद सजाय सुनाईएको छ। प्रतिवादीका अनुसार यस्तै कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर २ का श्याम गौतम प्रतिवादी रहेको मुद्दामा जाहेरीवाली परिवर्तित नाम १६२–२ लाई पनि दुई महिना कैद सजाय सुनाईएको नेगीले दिनेश खबरलाई बताए।

अदालतले उनीहरुले झुठो मुद्दा हालेर निर्दोष पुरुषलाई फसाउन खोजेको भन्दै कैद सजाय सुनाएको हो। पछिल्लो समय कानूनको गलत प्रयोग गरी प्रहरीमा जबरजस्ती करणीका झुठा मुद्दा दर्ता गर्ने क्रम बढेको बताईदै आएको छ।

सुरुमा सहमतीमै यौन सम्बन्ध राख्ने तर कुनै खटपट हुने बितिकै पुरुषमाथि करणीको मुद्दा हाल्ने क्रम बढ्नु थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय कैलालीका न्यायधिवक्ता लक्ष्मीकिशोर खड्काले बलात्कार र जबरजस्तीकरणी सम्बन्धीका झण्डै ९० प्रतिशत मुद्दा बनावटी र झुठा हुने गरेको पाईएको दिनेश खबरलाई बताए।

कानूनको गलत प्रयोग हुन नदिन समाजका सबै सरोकारवाला निकाय सचेत बन्न आवश्यक रहेको उनी बताउँछन्। उनले त्यसका लागि समाजमा सचेतनामुलक कार्यक्रम चलाउन आवश्यक रहेको बताए।

चर्चामा

सम्बन्धित समाचार