• होमपेज
  • राजनीति
  • गढीमाई-२ मा कांग्रेस उम्मेद्‍वार विजयी

गढीमाई-२ मा कांग्रेस उम्मेद्‍वार विजयी

  • आइतवार, मंसिर १५, २०७६
गढीमाई-२  मा कांग्रेस उम्मेद्‍वार विजयी

रौतहट : रौतहटको गढीमाई नगरपालिका-२ मा कांग्रेसका उम्मेद्‍वार दिपेन्द्र श्रेष्ठ विजयी भएका छन् । १७५ मतले श्रेष्ठ विजयी भएका हुन् । उनले ७७१ मत पाउदा नेकपाका जवार मियाले ५९६ मत पाए ।

त्यसैगरी समाजवादीले १२२ राजपाले १६ र जनमत पार्टीले १२ र राप्रपाका उम्मेद्‍वारले ४ मत पाएका छन् । बदर २८ रहेको छ ।

गढीमाई-२ मा रहेको समनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको क र ख केन्द्र तथा श्री प्रावि हथिऔल केन्द्रमा मतदान भएको थियो ।उक्त वडामा १८ सय २२ मतदाता रहेको मा १५ सय ४४ मत खसेको हो ।

चर्चामा

सम्बन्धित समाचार