• होमपेज
  • राजनीति
  • कोहलपुर-६ मा नेकपाका रामशरण विजयी

कोहलपुर-६ मा नेकपाका रामशरण विजयी

  • आइतवार, मंसिर १५, २०७६
कोहलपुर-६ मा नेकपाका रामशरण विजयी

नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिका-६ को वडाअध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रामशरण थारू विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार श्रीकृण थारूलाई पराजित गरेका हुन् ।
रामशरणले ८०० र श्रीकृष्णले ७३७ मत ल्याएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

राप्रपाका श्रीधर सुवेदीले ६१, समाजवादी पार्टीका शुभाखर पोखरेलले १० र नेपाल मजदुर किसान पार्टीका दीपालक्ष्मी हमालले १३ प्राप्त गरिन ।

कोहलपुरमा दुई हजार २६ मतदाता रहेकोमा एक हजार २६ मत खसेको थियो । १४ मत बदर भएको थियो ।
कोहलपुरमा यसअघि वडाअध्यक्ष पदमा कांग्रेसका रामशोहन थारू विजयी भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार