शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • छतारामा २० मतले नेकपाका वडा अध्यक्षमा मनराज बुढा बिजयी

छतारामा २० मतले नेकपाका वडा अध्यक्षमा मनराज बुढा बिजयी

  • आइतवार, मंसिर १५, २०७६
छतारामा २० मतले  नेकपाका वडा अध्यक्षमा मनराज बुढा बिजयी

बाजुरामा जिल्लाको त्रिवेणी नगरपालिका–१ छतारामा नेकपाका वडा अध्यक्ष मनराज बुढा बिजयी भएका छन् । नेपाली कांग्रेस वाट उम्मेद्धवार बनेका खगेन्द्र चदारालाई २० मतले पराजित गर्दै नेकपाका वडा अध्यक्ष मनराज बुढा बिजयी भएको मुख्य निर्वाचन कार्यलय बाजुराले जनाएको छ ।
मनराज बुढाले ३ सय ६७ मत पाएका छन् । त्यस्तै नेपाली काँग्रेसका खगेन्द्र चदाराले ३ सय ४७ मत, राप्रपाका मिन बहादुर नेपालीले २ मत र ११ मत बदर भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएपी उद्धब सिं भाटले वताएका छन् ।
त्रिवेणी नगरपालिका १ मा रहेको छतारादेवी आधारभुत विद्यालयमा भएको उप निर्वाचनका शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको थियो । वडामा रहेका एक हजार ३९ जना मतदाता मध्ये ७ सय २७ मत खसेको थियो । तीन सय ४४ पुरुष र तीन सय ८३ महिलाले मतदान गरेको थिए ।
बाजुरामा उप निर्वाचन एउटामा वडामा मात्र रहेको थियो । त्रिवेणी नगरपालिका १ मा वडा अध्यक्षको चुनाव भएको छ । उक्क्त वडाको उपचिर्वाचनमा ३ जनाले उम्मेद्धारी दिएका छन तत्कालिन वडा अध्यक्ष खम्म नेपालीको २०७५ अषाढ १३ गते जीप दुर्घटना परी मृत्यु भएको थियो । २०७४ को स्थानीय तहको निर्वाचनमा ३ सय ६५ मत प्राप्त गरी विजयी भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार