शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ३
  • दशगजा क्षेत्रका ३१ अतिक्रमित घरटहरा भत्काइयो

दशगजा क्षेत्रका ३१ अतिक्रमित घरटहरा भत्काइयो

  • बिहिबार, मंसिर १२, २०७६
दशगजा क्षेत्रका ३१ अतिक्रमित घरटहरा भत्काइयो

धरान — दशगजा क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएको घरटहरा दुई देशका सुरक्षा निकायले भत्काइ दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट र भारतको सीमा सुरक्षा बल –एसएसबी) को टोलीले सुनसरीको देवानगञ्ज र भारतको अररिया जिल्लास्थित सोनापुर १ मा निर्माण गरिएको ३१ व्टा घरटहरा भत्काइएको हो । नेपालतर्फ १० वटा र भारततर्फ २१ व्टा घरटहरा निर्माण गरिएको थियो । भारततर्फ २ कठ्ठा जग्गा अतिक्रमण गरी तरकारी खेती गरिएको थियो । तरकारी खेतीसमेत नष्ट गरिएको नेपालबाट खटिएका सशस्त्र प्रहरी बलका असइ श्यामबाबु राय यादवले जानकारी दिए ।

नेपाल–भारत सीमा स्तम्भ १८६÷पीपी ७५ नम्बरको दायाँबायाँ घरटहरा निर्माण गरिएको थियो । नेपालबाट असाइ यादवको कमाण्डमा ११ जना र भारतीय सीमा सुरक्षा बल ५६ बटालियन ए कम्पनीका एएसआइ मूलराज शर्माको कमाण्डमा खटिएको ७ जनाको टोलीले घरटहरा भत्काएको हो । नेपालतर्फ प्रदीप यादव, सन्थी यादव, मनोज यादव, सुरेश यादव, मोहम्मद सदिक मियाँ, अब्दुल मियाँ, अलाउदिन मियाँ, रसुल बैठा, आसिन मियाँ, र जाहिर मियाँले निर्माण गरेको घरटहरा भत्काएको हो ।

त्यस्तै भारततर्फ सोनापुर ग्रामपञ्चायत–१ पत्थरदेवाका मोहम्मद जाकिर मियाँ, नारायण दास, हरिनन्दन दास, रामदेव दास, झरिलाल दास, दशरथ बैठा, सालदेव दास, रमेश दास, टेटन दास, दिनेश दास, मलुङ दास, बलदेव दास, बेचु दास, जहरु बैठा, दन पहाडी, हफिया बैठा, चुलहाइ बैठा, खटर बैठा, मणिलाल दास, र महेन्द्र दासले निर्माण गरेको घरटहरा भत्काइएको हो । उक्त क्षेत्रको स्थिति सामान्य रहेको संयुक्त प्रहरी टोलीले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार