शुक्रबार, कार्तिक ३०, २०८१
  • होमपेज
  • राजनीति
  • उपनिर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु

उपनिर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु

  • बुधबार, मंसिर ११, २०७६
उपनिर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ ।

२ को प्रतिनिधिसभा, तीन वटा प्रदेशसभा र स्थानीय तहका गरी ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुदै छ । जनमत परीक्षणका रूपमा लिइएको उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न प्रमुख दलका शीर्ष नेताहरू अन्तिम दौडधुपमा छन् । यसै क्रममा दलहरूले बुधबार भक्तपुरमा अन्तिम चुनावी सभा राखेका छन् । नेकपाको चुनावी सभालाई अध्यक्ष पुष्पकमल दाहाल र नेता सुवास नेम्वाङले सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै उपत्यकाबाहिरका चुनावी सभा सम्पन्न गरेर मंगलबार काठमाडौं फर्केका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि बुधबार भक्तपुरमा पार्टीको चुनावी सभामा सम्बोधन गर्नेछन् । देउवाले पोखरा, बागलुङ, दाङ र धरानका चुनावी सभालाई सम्बोधन गरेका थिए । भक्तपुरमा कांग्रेस र राप्रपा ९संयुक्त०को संयुक्त चुनावी सभा छ । सभमा राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाले सम्बोधन गर्दैछन् ।

त्यसै गरि बाजुरा त्रिबेणी नगरपालिकामा हुने चुनावकाे नेकपा नेता भिम रावलकाे सम्बाेधन कार्यक्रम सकीएर अाज जिल्ला सदरमुकाम अाउने कार्यक्रम रहेकाे बताइएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार