• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बुढिगंगा नगरपालिकामा कुपोषित बच्चा खोज्दै र स्वास्थ्य शिक्षा दिदै घरघरमा स्वास्थ्यकर्मी

बुढिगंगा नगरपालिकामा कुपोषित बच्चा खोज्दै र स्वास्थ्य शिक्षा दिदै घरघरमा स्वास्थ्यकर्मी

  • बुधबार, मंसिर ११, २०७६
बुढिगंगा नगरपालिकामा कुपोषित बच्चा खोज्दै र स्वास्थ्य शिक्षा दिदै घरघरमा स्वास्थ्यकर्मी

प्रकाश सिंह
बुढिगंगा नगरपालिकामा स्वास्थ्यकर्मी कुपोषित बिरामी खोज्दै र स्वास्थ्य शिक्षा दिन घर घरमा पुगेका छन् । वालवालिका कुपोषण बाट प्रभाबित भएको समचार आईरहेका बेला बिरामी खोज्न र स्वास्थ्य शिषा दिन प्रत्येक घर घरमा पुगिरहेका छन् । बच्चाहरुलाई चेक जाँच गर्ने, स्वास्थ्य शिक्षा दिने र कुपोषित बालवालिका खोज्ने गरेको बुढिगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाहले वताए ।
बुढिगंगा नगरपालिका २ बह्रमतोला बस्ने ३ बर्षकी सुमा बिक कुपोषित भएको घरपरिवारलाई मतलब थिएन् । जब घर घरमै स्वास्थ्यकर्मी पुगेपछि उनि कुपोषित बाट ग्रस्त भएको स्वास्थ्यकर्मीले वताए । त्यस्तै सोहि गाँउकि २ बर्षकी अर्चना थापा र ३ बर्षकी सुप्रीया थापालाई घरमै स्वास्थ्यकर्मी पुगेपछि कुपोषित भएको परिवारले थाहा पाए । बह्रमतोलामा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत अहेब आशा कुमारी थापाले भनिन्, स्वास्थ्य चौकीमा खासै उपचार गर्न आउदैनन्, जब घरमै गएर चेकजाँच गरेपछि कुपोषित भेटिएको वताईन् उनिहरुको अहिले उपचार भइरहेको वताईन् ।


बुढिगंगा नगरपालिकामा स्वास्थ्य केन्द्रमा मात्र नभई घर घरमा पुगेर स्वास्थ्य सेवा दिने गरेको छ । घरघरमा पुगेर दैनिक जसो पुगेर स्वास्थ्य शिक्षा दिने, पोषिलो जाउलो बनाउने तरिका, खोप, सरसफाइ पोषणका बारेमा समुदायमा पुगेर छलफल गर्ने गरेको अहेब आशा कुमारी थापाले वताईन् । प्रत्येक महिनाको एक पटक स्वास्थ्यकर्मी एउटा टोलमा अनिवार्य पुग्ने गरेका छन् । स्वास्थ्य शिक्षा सँगै सामान्य किसिमको उपचार सेवा, परिवार नियोजनका साधन बितरण, गर्भास्था मा हुने परिवर्तन र गर्भास्था हुने असर हरूको बारेमा स्वास्थ्य शिक्षा दिने गरेको बुढिगंगा नगरपालिकाले वताएको छ । त्यस्तै आईरन चक्कि खोप जुकाको औषधि वितरण गर्ने गरेका छन् ।
नगरपालिकाले समान्य र बयबृद्ध बिरामीको उपचार घरमै गर्ने गरेका छन् । कुपोषित बच्चाको अबस्था हेरेर त्यहि अनुसार उपचार गर्ने गरेका छन् । कडा खालेको कुपोषितलाई स्वास्थ्य संस्था ल्याउने सल्लाह दिने गरेको स्वास्थ्यकर्मीले वताए । छोरा भन्दा बढि छोरी कुपोषित भएकाले लैगिक बिभेदको बारेमा चेतना फैलाउने गरेका छन् । बुढिगंगा नगरपालिकामा १० वटा वडाहरु रहेका छन् । एउटा वडामा एउटा अहेब र अनमि नियुक्त गरेर घर घरमा पुग्ने गरेको बुढिगंगा नगरपालिका नगर प्रमुख दिपक बिक्रम शाहले वताएका छन् । मध्यम कुपोषित बच्चालाई पौष्टिक आहार लिटो दिने र अभिभाबकलाई सम्झाउने गरीएको छन भने कडा कुपोषित बच्चालाई प्रत्यक्ष स्वास्थ्यकर्मी निगरानीमा उपचार शुरु गरेको शाहले वताए ।


बच्चा अनुसार एन्टीइवाईटीक, भीटामिन र कुपोषित विरामीलाई पोषिलो लिटो दिने गरेका छौ, बाह्रबिस स्वास्थ्य चौकीमा कार्यरत अनमि दुर्गा गिरीले वताएकि छन् । चाडो जन्माअन्तर, गरिबि, वालविवाह, खानपिन, सरफाइ कमीले कुपोषणका शिकार भएको उनले वताए । भौगोलिक बिकटता, गरिबि, स्वास्थ्यको पहुँच, हेरचाय नै मुख्य कुपोषणको कारण रहेको छन् । वालवालिकाको उमेर अनुसार तौल कम हुने, पुडकोपन, ख्याउटेपन बढि मात्रामा देखिएको छ पोषणयुक्त आहारको कमि, स्वास्थ्य उपचार, सरसफाईको कमि, जनचेतनाको कमि, गर्भवती अबस्थामा आहार र स्याहार नहुनु, सन्तुलित खाना नखानु, आयोडिन युक्त नुनको कमि लगायतका कारणले बाजुराका बालवालिका कुपोषण बाट रहेका अनमि गिरीले थपिन् ।
नगरपालिकामा कुपोषण बाट बालवालिका ग्रसित र स्वास्थ्य शिक्षा कमजोर रहेको पाइएपछि घर घरमा स्वास्थ्यकर्मी परिचालन गरेको नगर प्रमुख दिपक बिक्रम शाहले वताए । अझ पछाडी परेको समुदाय र वर्गमा बिशेष लक्षित रहेको उनले वताए । स्वास्थ्यको अबस्था राम्रो भए मात्र अन्य विकास र समुदाय परिवर्तन गर्न महत्वपुर्ण भुमिका रहेकाले पहिलो प्राथमिकता स्वास्थ्य लिएको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार