• होमपेज
  • बाजुरा बिशेष
  • कानुनहरुको कार्यान्वयनका बारेमा अन्तरक्रिया

कानुनहरुको कार्यान्वयनका बारेमा अन्तरक्रिया

  • बुधबार, मंसिर ११, २०७६
कानुनहरुको कार्यान्वयनका बारेमा अन्तरक्रिया

बाजुरा ११ मसिंर– प्रदेश सरकारबाट पारित भएका कानुनहरुको कार्यान्वयन सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदुरपश्चिम प्रदेशको आयोजनामा बाजुरा जिल्लाका सरोकारवाला निकायसंग प्रदेश सरकारबाटबाट पारित भएका कानुनहरुको कार्यान्वयन सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदुरश्चिम प्रदेशले पारित गरेका कार्यविधि ऐनहरुको कार्यान्वनको हालको अवस्थाको बारेमा जानकारी गराएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत मोहनराज जैशीले बताए ।

         बाजुरा जिल्लाका सम्पुर्ण स्थानियहरु तहहरुका जनप्रतिनिधिले पनि  ऐन, कानुनको कार्यान्वयनको अवस्थाको बारेमा जानकारी गराएका छन् । कानुन मन्त्रालय सुदुरश्चिम प्रदेशका कानुन अधिकृत मोहनराज जोशीले सुदुरश्चिम प्रदेशले पारित गरेका  २७ ओटा कार्यविधि ऐन, कानुन कार्यान्वयनको बारेमा बाजुरा जिल्लाका सरोकारवाला निकायका व्यक्तिलाई जानकारी गराउनुभएको थियो । बाजुराका सरोकारवाला व्यक्तिहरुले कानुन कार्यान्वयनका विषयमा आफ्ना जिज्ञासा पनि कानुन अधिकृत समक्ष राखेकाे कानुन अधिकृत जोशीले बताए । प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेको अध्यक्षतामा संचालन भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि सुदुरश्चिम प्रदेशका  आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह रहेका थिए भने विशिष्ट अतिथि जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र रोकाया, लगायत सम्पुर्ण स्थानिय तहका जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधी लगायत पत्रकारको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार