• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिका सहित ४ वटा ठेकेदार कम्पनी कालो सूचीमा

सुदूरपश्चिका सहित ४ वटा ठेकेदार कम्पनी कालो सूचीमा

  • बुधबार, मंसिर ११, २०७६
सुदूरपश्चिका सहित ४ वटा ठेकेदार कम्पनी कालो सूचीमा

सार्वजनिक खरिद अनुगमनको कार्यालयले तोकिएको समयमा काम नगर्ने ४ वटा ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेको छ ।
सार्वजनिक खरिद नियमावलीको दफा ६३ को उपदफा १ बमोजिम तोकिएको समयमा काम गर्ने र सम्झौतामा उल्लेख भएअनुसारको काम नगर्ने ठेकेदारलाई विभिन्न सार्वजनिक निकायको सिफारिसमा कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ ।

सार्वजनिक खरिद ऐनमा काममा ढिलाइ गर्ने या सम्झौताअनुसारको काम नगर्ने ठेकेदार कम्पनीलाई १ देखि ३ वर्षसम्म कालो सूचीमा राख्ने व्यवस्था छ ।
सार्वजनिक खरिद अनुगमनको कार्यालयका अनुसार पोखरा महानगरपालिकाको सिफारिसमा श्री होराइजन विल्डर्स पोखरालाई एक वर्ष कालोसूचीमा राखिएको छ ।
स्वास्थ्य निर्देशनालय राजपुर डोटीको सिफारिसमा तिवारी मेडिसिन डिष्ट्रिब्युटर धनगढीलाई २ वर्ष कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ ।
नेपाली सेनाको संग्राम शार्दुल गुल्म बझाङको सिफारिसमा श्रीकृष्ण कन्स्ट्रक्सन/त्याडी निर्माण सेवा जेभी बझाङलाई १ वर्ष कालो सूचीमा राखिएको छ भने सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयको सिफारिसमा श्री ओम श्री ओम इन्टरप्राइजेज मिनभवन काठमाण्डौलाई १ वर्ष कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमनको कार्यालय ताहाचल काठमाण्डौले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार