शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कलक राेकाया सानुका मंसिरकाे लगन विशेष मुक्तक दाेहारी…..

कलक राेकाया सानुका मंसिरकाे लगन विशेष मुक्तक दाेहारी…..

  • बुधबार, मंसिर ११, २०७६
कलक राेकाया सानुका मंसिरकाे लगन विशेष मुक्तक दाेहारी…..

केटा:
माग्न अाउन्छु घरमा फकाएर राख्नु,
बिहे छिट्टै गर्दैउ भन्दै सताएर राख्नु।
अब जसरी नि बिहे गर्नु पर्छ सानि,
माया गर्छु भन्ने कुरा बताएर राख्नु।
केटी
गर्छु बिन्ति जन्मदिने बाअामालाई मनाउन,
अाफु छिट्टै अाउनु नि बेहुलि बनाउन,
घरमा तिम्रो बारे कुरा गरी राख्छु बरु,
हतार भयाे तिम्रै नामकाे सिन्दुर लगाउन।
केटा
हतार गरे मैले अाफ्नी बनाउन,
दुख शुखमा संगै हामी रमाउन।
मलाई चाेखाे माया गर्छाै भने लिन्छु,
यहि मंसिरमा अब सिउदाे रंङ्गाउन।
केटी
तिम्रो भर कति परु बैँस गैसक्याे,
फर्कि अाउन अब ढिलाे भैसक्याे।
जवान भएर हाेकि एक्लि भए म,
अरु संगि डाेलि चढाई लैसक्याे ।
केटा
जिन्दगी मा मेरै भर पर्नु पर्छ यार
माईति छाेडेर पाेईलि सर्नु पर्छ यार।
धेरै पर्खेर बसि अब केही दिन त पर्ख,
मंसिर भित्रै लिन्छु प्रतीक्षा गर्नु यार।
केटी
साल-सालै गर्छु भनी कुरा गरेकाे,
बिर्सेकाे छैन बैसाखमा लगन टरेकाे।
अर्कैले लगेर गएकाे कुराे सुन्नु पर्ला,
याे मंसिरमा जबर्जस्ती सिउदाे भरेकाे।

कलक राेकाया सानु
गाैमुल गाउँ पालिका
वडा नं. ६ सालीकाेट बाजुरा

चर्चामा

सम्बन्धित समाचार