• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा अनुमती बिना चलाईएका ३२ सरकारी सवारी साधन प्रहरीको नियन्त्रणमा

सुदूरपश्चिममा अनुमती बिना चलाईएका ३२ सरकारी सवारी साधन प्रहरीको नियन्त्रणमा

  • शनिबार, मंसिर ७, २०७६
सुदूरपश्चिममा अनुमती बिना चलाईएका ३२ सरकारी सवारी साधन प्रहरीको नियन्त्रणमा

सुदूरपश्चिममा सार्वजनिक विदाको दिन पनि स्थानीय प्रशासनको अनुमती बिना चलाईएका ३२ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ। डडेल्धुरामा सबैभन्दा बढी १६ वटा, कैलालीमा ७, बैतडीमा ६ र बाजुरामा ३ गरी अनुमती विना चलाईएका गाडीहरु नियन्त्रणमा लिईएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

तर नियन्त्रणमा लिईएका सवारी साधन आजै छोडिएको छ। चालकलाई सम्झाइबुझाइ गरी शनिबार साझ ५ बजे छोडिएको प्रहरीले जनाएको छ। सुदूरपश्चिममा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले सरकारी गाडीको दुरुपयोग गर्ने क्रम बढ्दै गएपछि प्रहरीले निगरानी बढाएको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी  उपरिक्षक लोकेन्द्र श्रेष्ठले सार्वजनिक विदाको समयमा पनि जिल्ला प्रशासन कार्यालयको अनुमती विना चलाईने सवारी साधनमाथि निगरानी बढाईएको जानकारी दिए। अहिले सम्झाई बुझाई छोडिरहेको भएपनि अटेरी गरेमा कानून अनुसार कारवाही गरिने चेतावनी उनले दिए।

साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार