• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • अछाममा घाँस काट्न गएका १९ वर्षीय किशोरको भिरबाट खसेर मृत्यु

अछाममा घाँस काट्न गएका १९ वर्षीय किशोरको भिरबाट खसेर मृत्यु

  • शनिबार, मंसिर ७, २०७६
अछाममा घाँस काट्न गएका १९ वर्षीय किशोरको भिरबाट खसेर मृत्यु

अछाम: अछाममा भिरबाट लडेर एक किशोरको ज्यान गएको छ। जिल्लाको ढकारि गाउपालिका–२ हिच्मा, साबाका १९ वर्षिय गणेश साउदको घाँस काट्ने बेला भिरबाट खसेर ज्यान गएको हो।

शुक्रबार अपरान्ह ४ बजे घाँस काट्न जारिमेको पाँणपाखा जंगलमा गएका साउद बेलुकी अबेरसम्म पनि नफर्किएपछि खोज्न जादा राति ८ बजे मृत अवस्थामा भेटिएको उनका दाजु टेकबहादुर साउदले जानकारी दिए।

एक्लै जंगलमा घाँस काट्न गएका गणेशको करिब १०० मिटर तल खसेर मृत अवस्थामा शव भेटिएको उनका बुवा पूर्ण साउदले बताए। मृतक साउद जंगलमा गाईबस्तुका लागि खर(घाँस) काट्न गएका थिए ।

साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार