• होमपेज
  • बडिमालिका
  • सूचना संकलन र जानकारी दिन मोवाईल याप्स

सूचना संकलन र जानकारी दिन मोवाईल याप्स

  • बुधबार, मंसिर ४, २०७६
सूचना संकलन  र जानकारी दिन मोवाईल याप्स

नन्दा थापा
मंसिर ४ मार्तडी । बडीमालिका नगरपालिकामा खानेपानी सरसफाई तथा स्वच्छताका लागि मोवाईल याप्स सञ्चालनमा ल्याईने भएको छ । नगरपालिकाभरी छरिएर रहेका खानेपानीका योजना र सरसफाईको व्यवस्पनका लागि मोवाईल याप्स सञ्चालन ल्याईने भएको बडिमालिका नगरपालिकाले जानकारी दिएको छ ।
नगरपालिका क्षेत्रको खानेपानी सरसफाई तथा स्वच्छता अवस्थाको मौजुदा स्थितिको आधार रेखा तयार पार्नको लागि प्रयोगमा ल्याईने नगर प्रमुख पदम बडुवालले बताएको छ । याप्सको माध्यमबाट सम्पूर्ण जानकारी÷सूचना र तथ्यांकहरु संकलन गरिने बडुवालको भनाई रहेको छ ।
मोवाईल याप्स मार्फात मौजुदा खानेपानी आयोजना प्रणालीहरुको सम्पुर्ण संरचनाहरु र पाइपलाइन समेतको (भू–सान्दर्भिक सूचना तथा तथ्यांक) संकलन गरिने छ । मौजुदा खानेपानी आयोजना प्रणालीको सूचारुपनाको अवस्था र त्यसको दीगोपन पहिचान गरी मौजुदा प्रणालीहरु÷आयोजनाहरुको लागत अभिलेख तयार गरी बडीमालिका नगरपालिकामा खानेपानी सरसफाई तथा स्वच्छताको अवस्था तयार पारिने खानेपानी सरसफाई तथा स्वच्छताका क्याप्टेन मदनराज भट्टले जानकारी दिए ।
बडीमालिका नगरपालिका पनि सञ्चालनमा ल्याईने मोवाईल याप्सको भुमेश्वर सामुदायिक विकास मञ्च बैतडीले प्राविधिक सहयोग रहने छ भने युनिसेफको आर्थिक सहयोग रहने भएको छ ।
समुदाय भित्रको समग्र सरसफाईको स्थिति पत्ता लगाउन यो याप्समा रहेको प्रश्नावली अनुसार सूचना संकलन गरिने भएको छ । याप्स समुदायको सरसफाईको अवस्था जस्तै ढल प्रणाली विसर्जन, दिसा जन्य लेदोको विसर्जन अभ्यास, चर्पिहरुको व्यवस्थापन, ठोस, फोहोर व्यवस्थापन, महिनावारी स्वच्छता अभ्यास र वातावरणीय सरसफाई सम्बन्धि सूचनाहरु संंकलन गरि विश्लेषण गर्न मद्दत गर्नेछ । नगरपालिका क्षेत्रभित्रका सवै सार्वजनिक, संस्थागत वा अन्य विद्यालयहरुमा मौजुदा अवस्था के छ त्यो पत्ता लगाई आधार रेखा तथ्यांक स्थापना गर्न यो याप्स विकास गरिएको युनीसेफका जिल्ला संयोजक महन जैशीले बताए ।
याप्सले समग्र पालिका स्तरको फोहोर मैला व्यवस्थापनको आधारमा आगामी वर्षहरुमा के कस्ता कार्यक्रमहरु आवश्यक पर्दछन्, वार्ड तहबाटै समुदाय संग जनप्रतिनिधिसंगको छलफल, परामर्श र प्राथमिकीकरणको आधारमा त्यस्ता कार्यक्रमहरुको पहिचान गरि खानेपानी सरसफाई तथा स्वच्छता योजनामा संंलग्न गराने नगरपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार