• होमपेज
  • बडिमालिका
  • बाजुरामा ‘सिमान्तकृत महिलाहरुको आवाज’ नामक परियोजना लागु ।

बाजुरामा ‘सिमान्तकृत महिलाहरुको आवाज’ नामक परियोजना लागु ।

  • बुधबार, मंसिर ४, २०७६
बाजुरामा ‘सिमान्तकृत महिलाहरुको आवाज’ नामक परियोजना लागु ।
वडिमालिका नगरपािलकामा संचालन गरिएको परियोजना समन्वयात्मक बैठक ।

संगीता तिमिल्सेना
म‌सिर ४ बाजुरा । बाजुरा जिल्लामा ‘सिमान्तकृत महिलाहरुको आवाज’ नामक परियोजना लागु गरिएको छ । आज वडिमालिका नगरपलिकामा नगरपालिका स्तरीय ‘सिमान्तकृत महिलाहरुको आवाज’ परियोजनाको समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

टेवा नेपाल र महिला विकास मंच बाजुराको आयोजना र वुमनकाइन्ड युकेको सहयोगमा वडिमालिका नगरपािलकाका सम्पुर्ण जनप्रतिनिधिको सहभागितामा परियोजनाको बारेमा नगरपलिकामा समन्वयात्मक कार्यक्रम सम्पन्न गरिएको हो । टेवा नेपालको सहयोगमा र महिला विकास मंच बाजुराको सहकार्यमा जिल्लाको वडिमालिका नगरपालिका र त्रिवेणी नगरपलिकामा ३ वर्षे ‘सिमान्तकृत महिलाहरुको आवाज’ नामक परियोजना संचालन गरिने भएको छ । त्यसको लागि बाजुरा जिल्लामा टेवा नेपालले १ करोड ९६ लाख बजेट विनियोजन गरेको टेवा नेपालका निर्वतमान अध्यक्ष निर्मला केसीले बताउनुभयो । टेवा नेपाल पछाडी परेका सिमान्कृत महिलाहरुका लागि विभिन्न माध्याबाट रकम संकलन गरी सहयोग गर्ने महिला लक्षीत संस्था हो ।

यसलाई अन्तराष्ट्रिय महिला कोषहरुको संजाल पनि भनिन्छ । यो अहिले विश्वभरीमा ३८ देशमा संचालित रहेको टेवा समाजका उर्मिला क्षेष्ठले बताउनुभएको छ । अब यो परियोजना बाजुरा जिल्लाका २ वटा नगरपलिकामा नमुनाका लागि संचालन गरिने पनि टेवा समाजका श्रेष्ठले बताउनुभयो । परियोजनाले ३ वर्षसम्म स्थानिय तहमा निर्वाचित महिलाहरुको क्षमता विकासका लागि तालिम प्रदान गर्ने, निर्वाचित महिलाहरुका घरपरिवारलाई उद्यम विकासका लागि क्षमता अभिवृद्धि गर्ने र समाजमा पछाडी परेका एकल सिमान्तकृत महिलाहरुलाई सामाजिक परम्परा विरुद्ध क्षमता विकासका तालिम प्रदान गर्ने, उद्यम संचालनमा उत्प्रेरणा जगाउन स्थानिय महिलाहरुलाई तालिम प्रदान गर्ने, उद्यम संचालन गर्ने महिलालाई अनुदान दिने लगायतका महिला लक्षीत कार्यक्रम संचालन गर्ने टेवा नेपालका सृजना थापाले कार्यक्रममा जानकारी गराउनुभयो । कार्यक्रममा छलफलका क्रममा वडिमालिका नगरपािलका वडा नं ८ का वडा अध्यक्ष प्रकाश रावलले निर्वाचित महिलाका लागिकार्यक्रम संचालन गर्नुभन्दा पनि एकल र पछाडी परेका महिलाहरुका लागि कार्यक्रम संचालन गर्न आयोजकलाइृ सुझावदिनुभएको थियो । त्यसैगरी उपप्रमुख कविता विष्टले पनि निर्वाचित महिलाले क्षमता विकासका लागि हरेक ठाँउमा अवसर पाउने भएकाले गरिबी, दुखी पछाडी परेका महिलाहरुका लागि लगानी गर्नु सुझाव दिनुभएको थियो ।

त्यसको जवाफ दिदँै टेवा नेपालका निर्वतमान अध्यक्ष डा.निर्मला केसीले निर्वाचित महिलाहरुको लागि मात्र नभई सिमान्तकृत महिलाको पनि कार्यक्रम संचालन गर्ने बताउनुभएको थियो । त्यसैगरी नगरप्रमुख पदम बडुवालले महिलालाई कमोजर नै हो भन्ने समाजमा महिलाको हकहितका लागि कार्यक्रम संचालन गर्न लागेकोमा टेवा समाज नेपाल र महिला विकास मंच बाजुरालाई धन्यवाद दिनुभयो । त्यसैगरी समन्वय उपप्रमुख सुनिता मिजारले पनि कार्यक्रम संचालन गरेकामा धन्यवाद ज्ञापन गर्नुभएको छ । नगरप्रमुद पदम बडुवालको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि समन्वय उपप्रमुख सुनिता मिजार रहनुभएको थियो भने विशिष्ट अतिथि नगरउपप्रमुख सुनिता मिजार, वडिमालिका नगरपािलका वडा नं १ देखि ९ सम्मका वडा अध्यक्ष लगायत टेवा नेपालका डा. निर्मला केसी, उर्मिला श्रेष्ठ, सृजना थापाको सहभागिता रहेको थियो । महिला विकासं मंच बाजुराका संस्थापक अध्यक्ष जुना दानीले स्वागत मन्तव्य राख्नुभएको कायृक्रमको संचालन महिला विकास मंच बाजुराका कार्यकारी अधिकृत उजा विष्टले गर्नुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार