• होमपेज
  • राजनीति
  • नेकपा सचिवालय निर्णय : अब प्रचण्डले पार्टी ‘कमान्ड’ समाल्ने

नेकपा सचिवालय निर्णय : अब प्रचण्डले पार्टी ‘कमान्ड’ समाल्ने

  • बुधबार, मंसिर ४, २०७६
नेकपा सचिवालय निर्णय : अब प्रचण्डले पार्टी ‘कमान्ड’ समाल्ने

काठमाडौं : नेकपा सचिवालय बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको छ ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सरकारको काम गर्ने र प्रचण्डले पार्टीको काम गर्नेगरी सचिवालय बैठकले जिम्मेवारी बाँडफाड गरेको हो । लामो समयदेखि चर्चा रहे पनि प्रचण्डलाई सचिवालय बैठकले कार्यकारी अधिकारी दिएको थिएन् । बुधबारको बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार अब नेकपा सचिवालय बैठकको अध्यक्षतासमेत प्रचण्ड स्वयम्ले गर्नेछन् ।

‘अध्यक्षद्वयको कार्यविभाजनको सन्दर्भमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को मर्यादाक्रम यथावत रहने छ’, प्रवक्ता श्रेष्ठले भने, ‘अध्यक्ष कमरेड केपी शर्मा अ‍ोलीले प्रधानमन्त्रीको हैसियतमा सरकारको काममा केन्द्रित हुने र अर्का अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा सक्रिय हुनुहुनेछ ।’

बैठकको अध्यक्षताको विषयलाई समेत बैठकले टुंगो लगाएको छ । ‘बैठक संयुक्त अध्यक्षतामा सञ्चालन हुनेछ । तर, आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन कमरेड प्रचण्डले गर्नुहुनेछ ।’

प्रतिनिधिसभाको यो कार्यकालमा प्रधानमन्त्री ओलीले नै नेतृत्व गर्ने निर्णयसमेत बैठकले गरेको छ । ‘प्रतिनिधिसभाको यो कार्यकालमा सरकारको नेतृत्व अध्यक्ष कमरेड केपी ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने’, प्रवक्ता श्रेष्ठले भने, ‘पार्टी र सरकार सञ्चालन अध्यक्षद्वय बीचको आपसी सल्लाहमा गर्ने, पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र पार्टी कमिटीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने आजको निर्णय यही हो ।’

अन्नपुर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार