• होमपेज
  • बाजुरा बिशेष
  • पत्रकार सम्मेलन सम्पन्न

पत्रकार सम्मेलन सम्पन्न

  • शनिबार, कार्तिक ३०, २०७६
पत्रकार सम्मेलन सम्पन्न

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा पत्रकार सम्मेलन सम्पन्न भएको छ । नेपाल भोटे जनजाती महासंघको केन्द्रिय अधिवेशनको समुद्घाटन गर्न बाजुरा पुग्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा नेपाल भोटे जनजाती महासंघका संस्थापक महासचिव सुरेश आले मगर संग पत्रकार महासंघ जिल्ला शाखा बाजुराले आज पत्रकार सम्मेलन गरेको हो ।
सम्मेलनमा देशमा भैरहेका समसामयिक विषयमा छलफल गरिएको पत्रकार महासंघ जिल्ला शाखा बाजुराका बरिष्ठ उपाअध्यक्ष निमेन्द्र शाहीले बताए । छलफलमा भोेटे जनजातीले लामो समयदेखि भोगिरहेको चरिचरनको समस्या, संविधान संसोधनका विषयमा र हालै नेपाल सरकारले आफ्नो नक्सामा देखाएको नेपाली जग्गाको विषयमा छलफल भएको थियो ।
केन्द्रिय सदस्य आले मगरले लिपुलेख कालापानी हुँदै लिम्पीयाधुरा सम्मको जग्गाको विषयमा सबै दलहरुले एकजुट भएर भारत सरकार विरुद्ध लाग्नु आवश्यक रहेको औल्याउनुभयो । वरिष्ठ उपाअध्यक्ष निमेन्द्र शाहकिो अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा)का केन्द्रिय सदस्य तथा नेपाल भोटे जनजाती महासंघका संस्थापक महासचिव सुरेश आले मगर रहेका थिए । कार्यक्रममा जिल्ला स्थित सम्पुर्ण पत्रकारहरुको सहभागिता रहेको कार्यक्रमको संचालन नेपाल पत्रकार महासघं बाजुराका सदस्य लक्ष्मीराज पाध्यायले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार