• होमपेज
  • समाज
  • संविधान संसोधन नभए आन्दोलनमा जाने : आले मगर

संविधान संसोधन नभए आन्दोलनमा जाने : आले मगर

सिमा अतिक्रमणमा सबै राजनिकित दलको एकता आवश्यक

  • शनिबार, कार्तिक ३०, २०७६
संविधान संसोधन नभए आन्दोलनमा जाने : आले मगर

बाजुरा ३० कार्तिक– आदिबासी जनजातीको माग सहित संविधान संसोधन नभए आदिवासी जनजाति आन्दोलनमा जाने आदिबासी जनजाती महासघंका संस्थापक महासचिव सुरेश आले मगरले बताएका छन् । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा आयोजि पत्रकार सम्मेलनमा यस्तो बताएका हुन ।
नेपाल पत्रकार महासघं बाजुरा शाखाको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नमा महासचिव आलेमगरले आदिबासी जनजातीका मुद्धाहरुलाई नेपालको संबिधानमा नसमेटिएको आरोप लगाएका छन् । पत्रकार संगको भेटघाट कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आलेमगरले नेपालको सम्बिाधनमा आदिबासी जनजातीका कुनै पनी मागहरु नसमेटिएकोले चरणबद्ध रुपमा आन्दोलन गर्ने बताएका छन् ।
सामाजिक न्याय, समानतारसमता, मानवअधिकार तथा अन्तर्रा्ष्ट्रिय कानूनी दस्ताबेजहरुसँग सम्बन्धित आदिवासीका मुद्धाहरुलाई संविधान संशोधनमार्फत सम्बोधन गरिनुपर्ने र बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र बहुराष्ट्रिय राज्य संरचना बनाउन सरकारलाई आफु सर्मथक पाटिका मान्छेले आन्दोलन नगरे पनी अरु कुनै पाटिले आन्दोलनमा जान सक्ने बताएका छन् ।
हाल आफु सत्तारुढ दलमा रहेकोले यस्तो बोल्न नहुने भएपनी आदिबासी जनजातीको लागी राम्रो नभएको बताएका छन् । मानव इतिहास र सभ्यताले विकास गरेको मानव पहिचान सहितको स्वायत्तता र स्वशासन, राज्यको हरेक अङ्ग (व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, प्रशासन र सुरक्षा संयन्त्रलगायत) हरुमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्षताको सिद्धान्त बमोजिमको कार्यान्वयन, प्राकृतिक स्रोत (जल, जंगल र जमिन) र भूमिमाथि आदिवासीको अधिकारको सुनिश्चितता, प्रथाजनित कानूनहरुको वैधानिकता, शिक्षा र सरकारी कामकाजमा बहुभाषिक नीतिको कार्यान्वयन, जनसंख्याको आधारमा आदिवासी जनजाति महिलाको पहिचान सहितको राज्यको अङ्ग र तहहरुमा प्रतिनिधित्व र आदिवासी महिलाको ज्ञान, कला र सीपको संरक्षण र सम्बद्र्धनलगायत आदिवासीको मुद्धाहरुको अडान रहेकोले तत्काल नभए पनी कुनै दिन आन्दोलन गर्नुपर्ने हुन्छ उनले बताए ।

सिमा अतिक्रमणमा सबै राजनिकित दलको एकता आवश्यक

नेपाली भुमी लिपुलेख,कालापानी र लिम्पियाधुरा समेत राखेर छिमेकी भारतले हालै आफ्नो नयाँ नक्सामा सार्वजनिक गर्नुले नेपालीको सार्वभौमिकता माथिको हस्तक्षेप गरेकोप्रति नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा आसिदबासी जनजाती महासंघका संस्थापक महासचिव सुरशे आले मगरले विरोध जनाएका छन।
शनिबार नेपाल पत्रकार महासंघ बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य आले मगरले नेपाल सरकारलाई विना जानकारी ७० वर्ग किलोमिटर जग्गा अतिक्रमण गरी सिमा सार्ने कार्यको विरोध गरे ।
उहाँले तिन वटै क्षेत्र नेपालका भएकाले यस्तो हस्तक्षेत्रको देशका सबै राजनितिक दल र सर्वसाधारणले आवाज उठाउनुपर्नेमा जोड दिनु भएको छ । नयाँ नक्सामा सार्वजनिक गरेको सिमाको विषयमा सत्तापक्ष र प्रतिपक्ष भन्दा पनि सबै दलहरुले एकजुट भएर सिमाको रक्षा गर्नु बाहेकको विकल्प नभएको आलेमगरको भनाई रहेको छ ।
नेपालीको सार्वभौगिकता गुम्ने अवस्था आएकाले राजनितिक दलले एकताबद्ध भएर उक्त विषयमा गहन छलफल र भारतसंग दुई पक्षिय वार्ता गर्न जरुरी रहेको केन्द्रीय सदस्य आलेमगरले जोड दिएका छन् ।
नेपाली भुमी भारतले नक्सामा पारेको भएपनि सरकारले राजनितिक र कुटनितिक रुपमा पहिल गर्न आग्रह गर्नु भएको छ । नेपाली सिमा फिर्ता ल्याउनका लागि सहमती र सहकार्य अति आवश्यक रहेको आलेमगरले जिकिर गरे ।
सीमा अतिक्रमका फिर्ताको माग राख्दै अनेरास्वीय,नेपाल विद्यार्थी संघ लगायतका अन्य दलहका भातृ संघ संगठनहरुले समेत विरोध गर्दै आएको टिप्पणी गरेका छन्  ।

चर्चामा

सम्बन्धित समाचार