शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • मोटरसाइकलको नम्बर प्लेटमा ‘लिपुलेक, कालापानी हाम्रो हो’

मोटरसाइकलको नम्बर प्लेटमा ‘लिपुलेक, कालापानी हाम्रो हो’

  • आइतवार, कार्तिक २४, २०७६
मोटरसाइकलको नम्बर प्लेटमा ‘लिपुलेक, कालापानी हाम्रो हो’

धनगढी : भारतले यही साता जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग समावेश गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ । राजनीतिक दल, बुद्धिजीवि, नागरिक समाज तथा सीमाविज्ञहरुले सरकारले ठोस कदम चाल्नुपर्ने भन्दै सरकारलाई दबाब दिइरहेका छन् ।

सुदूरपश्चिमका युवाले मोटरसाइकलको नम्बर प्लेटमा ‘लिपुलेक, कालापानी हाम्रो भूमि हो’ अभियानको थालनी गरेका छन् । सुदूरपश्चिमका युवाले स्वतःस्फुर्तरुपमा अभियानको थालनी गरेका हुन् । यस्ता मोटरसाइकलहरु कैलालीको धनगढी, अत्तरियामा देखिएका छन् ।

लिपुलेक, कालापनी नेपालीको भए पनि भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले विवादित भूमि भएको बताएका थिए । त्यस्तै उनले नयाँ नक्सामा कुनै पनि परिमार्जन नगरिएको दाबी गरेका थिए ।

नेपाल सरकारले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सीमा सम्बन्धी विषयमा एकल निर्णय मान्य नहुने बताएको थियो ।

चर्चामा

सम्बन्धित समाचार