शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुरा प्रहरीले ४२ जना बिप्लब नेता कार्यकर्ता पक्राउ गरी कानूनी कार्बाही

बाजुरा प्रहरीले ४२ जना बिप्लब नेता कार्यकर्ता पक्राउ गरी कानूनी कार्बाही

३२ जनाले आत्म समरपण १६ जनाको अनुसन्धन हुदै

  • शनिबार, कार्तिक २३, २०७६
बाजुरा प्रहरीले ४२ जना बिप्लब नेता कार्यकर्ता पक्राउ गरी कानूनी कार्बाही

मार्तडी २३ कार्तिक — नेपाल सरकारले विप्लब नेतृत्वको समुहलाई प्रतिबन्धित धोषण गरेको मिति देखी हालसम्म २४ जनालाई पक्राउ गरि कानूनी कार्बाही गरेको र दुई जना मुगु जिल्लाको भएकोले बाजुरामा पक्राउ गरेर मुगु पठाएरका छन भने ३१ जना नेता कार्यकर्ताले विज्ञप्ती सहीत बाजुरा प्रहरीसंग आत्मासमपर्ण गरेका छ ।
थप नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सहित १६ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । बझाङ्ग र बाजुराको सिमानामा रहेको गौमुल गाउपालिकामा चन्दा संकलन संगठन विस्तार गरिरहेको सूचनाका आधारमा कार्तिक २२ गते इलाका प्रहरी चौकी घटमुनाबाट खटिएको टोलीले पक्राउ गरि विभिन्न समग्रीहरु बरामत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक उद्धबसिंह भाटले बताए ।


गौमुल गाउँपालिका–.३ माझपालीबाट शुक्रबार दिउसो रोल्पा जिल्ला गंगादेब गाउँपालिका–३ जिनावाङ घर भएका विप्लवका केन्द्रीय सदस्य चुडामणी ओली सहित १६ जनालाई रहेको प्रहरी नायव उपरिक्षक भाटले जानकारी दिए ।
त्यस्तै जिल्ला बाजुरा त्रिबेणी नगरपालिका–२ छतारा बस्ने वर्ष ३५ को डम्म सुनार,अछाम जिल्लाको ढकारी गाउँपालिका–२ बस्ने वर्ष २४ को नरेश शाही, कैलाली घोडाघोडी नगरपालिका–१ बस्ने वर्ष २८ को दिपक प्रकाश सुनार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक भाटले बताए ।
यस्तै बाजुराको हिमाली गाउँपालिका–१ बस्ने वर्ष २२ को अमलाल थापा, सोही ठाउँमा बस्ने वर्ष २२ को धर्म बहादुर थापा, अछाम बिनायक नगरपालिका–८ बस्ने बर्ष २२ का उदय कसेरा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै पक्राउ पर्नेमा अछामको.ढकारी गाउँपालिका–२ बस्ने बर्ष २६ को राजेश कुमार शाही,सोही गाउँपालिका–७ बस्ने बर्ष २१ को डबल बहादुर नेपाली,तुर्माखाद गाउँपालिका–८ बस्ने वर्ष १९ को कृष्ण बि.क रहेका छन् ।


बाजुरा हिमाली हिमाली गाउँपालिका–१ बस्ने वर्ष २६ को धरम सिंह बोहरा,.स्वामीकार्तिक गाउँपालिका–१ बस्ने वर्ष १९ की कुस्मा बि.क.सोही गाउँपालिका– १ बस्ने वर्ष १९ की अस्मिता बि.क.सोही ठाउँ बस्ने वर्ष १९ की सुस्मिता बि.क. प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले अछाम ढकारी गाउँपालिका–२ बस्ने वर्ष १९ की कमला बि.क. र अछाम मष्टा गाउँपालिका–१ बस्ने १९ की सृष्टी सिंह रहेको प्रहरी प्रमुख भाटको भनाई रहेको छ ।
पक्राउ परेका नेता कार्यकताबाट प्रेसर कुकर बम एक थान, विस्पोटक पदार्थ, ३३ ईलेक्टोनिक डेटोनेटर आठ थान,बिजुलीको तार, पलास, मोबाईलहरु, नेकपा बिप्लब पार्टिको दस्ताबेज पाना टिपो, क्रान्तिकारी जीवनको यात्रा,महापतन, सैन्य तालिम, दार्सनीक, बैज्ञानिक समाजबाद, कार्णाली जनविचार, रातो चल्लो, सनराईज,जनमुखी सेवा समाज नामल कितावहरु, सोलार पाता, ३० हजार आठ सय साठी रुपैया बरामत गरिएको प्रहरी प्रमुख भाटले जानकारी दिए ।
ठुलो संख्यामा सिमाना क्षेत्रमा आएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय र घटमुना प्रहरी चौकीबाट टोली खटाएर पक्राउ गरेको भाटले बताए । थप हुन सक्ने भएपछि सिमा क्षेत्रमा सुरक्षा बलियो बनाएरको प्रहरीले बताएको छ । प्रहरी परिचालन गरिएको भाटबो भनाई रहेको छ फागुन १४ गते हुन लागेको उपनिबाृचन विथोल्ने उदेश्यले बाजुरा प्रबेश गरेको हुन सक्ने प्रहरीले बताएको छ ।।
पक्राउ परेका १६ जनाको थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक भाटले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार