शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • भलिबल
  • अछाममा ठूलो धनराशीको भलिबल प्रतियोगिता

अछाममा ठूलो धनराशीको भलिबल प्रतियोगिता

  • शनिबार, कार्तिक २३, २०७६
अछाममा ठूलो धनराशीको भलिबल प्रतियोगिता

अछाम  :  अछाममा जिल्लाकै सबैभन्दा ठूलो धनराशीको राष्ट्रिय पुरुष खुल्ला भलिबल प्रतियोगिता शुक्रबारबाट साँफेबगरमा सुरुभएको छ। साँफेबगर सामुदायिक सिकाई केन्द्रको आयोजनामा प्रतियोगिता शुक्रबारबाट सुरु भएको हो । प्रतियोगिताको राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले उद्घाटन गरे।

खेलमा प्रथम पुरस्कार एक लाख ७५ हजार, द्वितीय पुरस्कार १ लाख र तृतीय पुरस्कार ५० हजार रहेको छ । पर्यटन वर्ष २०२० को उपलक्ष्यमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको केन्द्रका अध्यक्ष शिलोज कुवरले बताए ।

उनले भने ‘जिल्लामा पछिल्लो समय क्रिक्रेट प्रतियोगिता धेरै हुन थाल्यो तर भलिबल खेल हराउँदै जान लाग्यो त्यसैले यसको आयोजना गरेका हांै।’ जिल्लामा भलिबलमा राष्ट्रिय स्तरका खेलाडी भएको र उनीहरुलाई निरन्तरता दिन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष कुँवरले बताए ।

जिल्लामा प्रतियोगिता आयोजना भएकोमा आफू जस्ता भलिबल खेलाडीहरु निकै हौसला मिलेको खेलाडी सञ्जय भाटले बताए ।  जिल्लामा पछिल्लो समय खेलकुदमा गतिविधि बढेका छन्। प्रतियोगिताका लागि ८ टिम दर्ता भएको आयोजकले जानकारी दिएका छन् । भलिबल प्रतियोगिता कार्तिक २५ गतेसम्म चल्नेछ ।

चर्चामा

सम्बन्धित समाचार